टिप्स

प्रेममा परेपछि केटीहरुले देखाउने ५ ब्यवहारहरु

दुई आत्माको पवित्र मिलनलाई प्रेम भन्दछन् । प्रेमको परिभाषा व्यक्तिपिच्छे फरक हुन सक्छ। प्रेममा सानो ठूलो तल्लो माथिल्लो भन्ने शब्द हुदैन त्यहाँ केवल त्याग र बलिदान मात्र हुन्छ । यो संसारका व्यक्तिहरूलाई आफ्नो प्रेम जालमा बाँधेर राखेको छ भने प्रेमकै विषयले मान्छे बीच असामञ्जस्य पनि सिर्जना गरेको छ ।

जव कुनै पनि केटी पुरुषसँगको सम्बन्धमा आउँछे उसमा बदलाव आउँछ । हुन त केटीलाई बुझ्न कसैले पनि सक्दैन पनि भनिन्छ तर कसैकै गर्लफ्रेण्ड बनेपछि केटीहरुमा बदलाव आउँछ । उनीहरुमा आएको बदलाव बुझ्न त्यति कठिन हुँदैन । यस्ता बदलाव कुनै चिजसँग सम्बन्धित हुन सक्छन् । अचानक मुड परिवर्तन हुने, स्वभाव बदलिनु इत्यादि । प्रेममा परेपछि केटीमा के के ब्यवहारिक परिवर्तन आउँछन् त ? यस्ता छन् प्रेममा परेपछि केटीहरुले देखाउने ५ ब्यवहारहरु, जानी राखौ ।

१. निद्रा नलाग्ने

भनिन्छ प्रेममा परेपछि निद्रा भाग्छ । यस्तै हुन्छ कतिपय केटीलाई पनि । प्रेममा परेका केटीहरु अवेरसम्म जाग्छन् र प्रेमीसँग कुरा गरिरहन्छन् । एसमएस कलदेखि च्याटले केटीहरुलाई रातिसम्म ब्यस्त राख्छ ।

२. फोनमा लामो कुरा

प्रेममा परेपछि एउटै कुरा पनि आपसमा पटक-पटक दोहोर्याएएर गर्नु समान्य हो । केटीहरु पनि त्यस्तै गर्छन् । केटीहरुले फोनमा केटासँग लामो लामो कुरा गर्छन् । प्रेममा परेपछि एसमएस र कल जाँच गर्नु नै केटीको काम बन्छ । राति रातिसम्म केटीहरु फोनमा झुण्डिरहेका हुन्छन् ।

३. रोमान्टिक गीत र फिल्म

कसैको प्रेममा परेपछि केटीहरु रोमान्टिक गीत र फिल्म मन पराउँछन् किनभने कुनै पनि रोमान्टिक गीत आफैलाई गाएको जस्तो लाग्छ भने फिल्मका पात्र आफू नै भएको जस्तो महसुस हुन्छ र यो कुरा प्रेमीलाई सुनाउन हतारिन्छन् ।

४. जासुस

जव प्रेममा पर्छन् केटीहरुले प्रेमीलाई बढी सिरियस्ली लिन्छन् । केटाको बारेमा हरेक कुरामा चासो लिन्छन् फेसबुक स्ट्याटसदेखि प्रोफाइलमा आएका लाइक सम्म । आफ्नै प्रेमीको विषयमा कुरा गरेको सुन्न मन पराउँछन् । तर उनीहरु चाहिने भन्दा बढी नियन्त्रण गर्नेसम्म केटीहरुको बानी हुन्छ ।

५. इर्स्यालु

जव केटीहरु कुनै पुरुषको प्रेममा पर्छन् । उनीहरुलाई असुरक्षित महसुस हुन्छ । केटो अरुसँग नजिक होला आफूसँग टाढा होला कि भन्ने केटीहरुको चिन्ता हुन्छ । अरु केटीसँग प्रेमी बोल्दा त केटीहरुलाई इर्श्या नै हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

साँचो माया पाएपछि केटाहरु के गर्छन् ?

मायालुको माया पाउने सुत्रहरु

पुरुषहरुको साँचो माया थाहा पाउने सुत्रहरु

विश्वका चर्चित ५ प्रेम प्रसँगहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!