खानपान

मांसाहार भोजन कति उपयुक्त कति अनुपयुक्त ?

मांसाहार भोजन कति उपयुक्त कति अनुपयुक्त ? संसारमा शाकाहारको तुलनामा मांसाहार नै बढी प्रचलित छ । घर बाहिर देश-विदेश यात्रामा निस्किँदा शाकाहारीलाई समस्या नै पर्ने अवस्था छ । जीवका मासुजन्य आहार मांसाहारमा पर्छन् । अण्डा पनि शुद्ध शाकाहार होइन । मांसाहार र शाकाहार दुवैका फाइदा र बेफाइदा छन् । कुन रोज्ने इच्छा तपाईंकै हो । तर, जुन पद्धति रोजे पनि सन्तुलित भोजन ग्रहण गर्नुपर्छ । भोजनमा तेल, मसला र पिरो कम हुनुपर्छ । मांसाहारीले पनि फाइबरयुक्त भोजनमा उत्तिकै जोड दिनुपर्छ । मानिस शाकाहारी प्राणी हो, उसलाई आवश्यक पर्ने सम्पूर्ण पोषण फलफुल र तरकारीबाट नै पर्याप्त हुन्छ ।

१. हाम्रो पेट र आन्द्राले जति बढी रेसादार खानेकुरा पाउँछ, त्यति सजिलो पाचन कार्य गर्न सक्षम हुन्छ । मांसहार रेसाहीन खाद्य हो । मनुष्यको शारीरिक बनावट मांसाहार अनुकुल हुँदैन । यस मान्यता विपरीत यदि कोही मांसाहार सेवन गर्छ भने पेटभित्र पुगेको मांंसु आन्द्रामा गएर सड्न कुहिन थाल्दछ, जसबाट करोडौं सङ्ख्यामा प्याथोजोनिक किटाणुहरू उत्पन्न हुन्छन् । ती किटाणु क्रमशः रक्तसञ्चार प्रणालीमा प्रवेश गर्छ र रगतलाई प्रदूषित गरी उपयोगी कोषिकाहरूलाई हानी पुर्याउँदछ ।

२. मासुमा कोलेस्ट्रोल र कार्सिनोजिन्स जस्ता तत्वको बाहुल्यताले त्यस्ता घातक रोगलाई निम्याउँछ ।

३. यसबाट क्यान्सर, मुटुरोग, पक्षघात, उच्च रक्तचाप, मधुमेह, मोटोपनका विभिन्न कारणहरूमा प्रमुख भएकोतर्फ अनेक खोज-अनुसन्धान भइसकेको स्थिति छ । त्यसैले मांसाहारी व्यक्तिको रगत सधैं प्रदूषित हुन्छ । जसका कारण अर्श, हर्निया, अतिसार, एपेन्डिसाईटिस हुने तथा कतिपयमा गर्भाशय, डिम्बग्रन्थी, आमाशय, आन्द्राको क्यान्सर समेत उत्पन्न हुन्छ ।

४. अर्कोतर्फ मासुको व्यापार बढाउनका लागि कुखुरा र पशुहरूलाई हानिकारक दाना तथा जथाभावी औषधि खुवाउने प्रवृतिले गर्दा समस्या झनै वढेर गएको छ ।

५. पशुहरूलाई काट्ने समयमा उनीहरूको मस्तिस्कमा जस्तै रिस, डर, पागलपन आदि जस्तो भावदशा हुन्छ, त्यस्तो मासु पनि जहरीलो हुन्छ त्यसैले मासुखाने मानिसमा पनि त्यस्तै भाव उत्पन्न हुन सक्छ, जुन अत्यन्तै हानिकारक हुन्छ ।

६. मांसाहार गर्ने मानिसमा लाग्ने रोग जस्तैः प्यारालाईसिस, प्रोष्टेट, क्यान्सर, पेप्टीक, अल्सर, मधूमेह, हर्निया, पित्तासय, पत्थरी, हृदय रोग, पेटको क्यान्सर, कब्जियत, उच्च रक्तचाप, ठुला आन्द्रा तथा गर्भाशयको क्यान्सर, दम मोटोपन आदि अनेक रोगहरू लाग्दछन ।

७. विश्व स्वास्थ्य संगठनको बुलेटिन सङ्ख्या ६३७ को अनूसार मासु खानाले शरीरमा लगभग १६० (विमारी) रोगहरू लाग्न सक्छन । कुनै पनि प्रकारको मासुमा कार्वोहाईड्रेस हुँदैन, यसको अमिलो कारणले गर्दा पेटमा विभिन्न किसिमको विमारी सुरू हुन्छ ।

८. भिटामिन “सि” (एस्कार्विक एसीड) विष अवरोधक हुन्छ, मासुमा यो भिटामिन हुँदैन त्यसैले मासु खाने मानिसहरू यो भिटामिनबाट बन्चित हुन्छन ।

९. रोवर्ट ग्रासले आफ्नो पूस्तक (How Healthy are Eggs) मा लेख्नु भएको छ कि अण्डाको सेतो भागमा “एविडिन” नामको विष पाइन्छ, जसले गर्दा चिलाउने, दाद, कोढ जस्ता चर्मरोगहरू निम्त्याउँछ ।

१०. मासुमा निहीत “यूरिक एसिड” रगतमा मिसेर ह्दय रोग फोक्सोको रोगहरू, क्षयरोग, रगतको कमी, दम, अजीर्ण, अनिन्द्रा जस्ता रोगहरू उत्पन्न हुन्छन र जोर्नीहरू दूख्ने, सून्नीने, आन्द्रा क्यान्सर जस्ता रोग लाग्न सक्छ ।

११. मासुमा निहीत प्रोटिन फाइदा भन्दा वढी हानिकारक हुन्छ, जून किड्नीको लागि अतिहानिकारक हुन्छ ।

१२. मासुमा सामान्यतः भिटामिन ‘ए’ हुँदैन । बनस्पति खाद्यमा केरोटिन हुन्छ जुन भिटामिन ए मा परिवर्तित हुन्छ, भिटामिनको कमीले मानिसमा आँखाको रोग लाग्दछ । त्यस्तै मासुमा भिटामिन ई पनि हूदैन टूसा उम्रेको गेडागुडीमा बढी पाइन्छ । शरीर सन्तुलन राख्नको लागि यो भिटामिन हाम्रो शरीरलाई जरूरी छ ।

१३. मांसहारी मानिसलाई अन्न नलीको क्यान्सर, एसिडिटी, हायटस, हर्निया, पित्तथैलीको पत्थरी, दाँतमा किरा लाग्ने, उदर शूल, अल्सर, मोटोपन आदि रोगहरू लाग्दछ ।

१४. लामो आयु राम्रो स्वस्थ जीवन र आनन्दपूर्वक जीवन ज्युनका लागि शाकाहारको साथै प्राकृतिक जीवनशैली सर्बश्रेष्ठ हुन्छ । मांसाहार मानिसलाई मानिस बनिरहन सबै बाधक नै देखिन्छ । त्यसैले मासु खान छोडौं, स्वस्थ र आनन्दपूर्वक जीवन जिऔं ।

साभार : सुवर्णलाल चित्रकार, प्रशाशन डट कम

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

खाना खाँदा के गर्नु हुन्छ र के गर्नु हुदैन ? जानी राखौ

जान्नैपर्ने कुरा, खाना कसरी खाने ?

बेलुकी धेरै ढिलो खाना खाएमा स्वास्थ्यमा पर्ने प्रतिकुल असरहरु

खाना खाँदा अवलम्बन गर्नुपर्ने नियमहरू

पलेटी कसेर खाना खानुका फाइदाहरु

हातले खाना खानुका फाइदाहरु

खानापछि निद्रा किन लाग्छ ? 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!