धर्म-सस्कृति

मन्दिरमा नरिवल फुटाउनुको रोचक कारणहरु

मन्दिरमा धेरै चडाइने वस्तुहरु मध्येमा सबैभन्दा बढी नरिवल प्रयोग गरिन्छ । नरिवललाई संस्कृतमा नारिकेल भनिन्छ । श्रीफला पनि भनिन्छ नरिवललाई जसको अर्थ हुन्छ ‘शुभ फल उत्पति कसरी भयो ? वैदिक कथाहरुमा यसको उत्पतिको बारेमा राम्रोसंग उल्लेख गरेको पाइदैन । तर पुराण अनि महाकाव्यहरुमा भने यसको बारेमा उल्लेख गरेको पाइन्छ । यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ ।

कहिले प्रयोग गरिन्छ ?

नरिवललाई धेरै जस्तो शुभ कार्यको अगाडी प्रयोग गरिन्छ । तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फोडिन्छ । नरिवललाई उर्वरताको प्रतिक मानिन्छ । त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाई सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुनेछ । नरिवललाई विवाह, कुनै चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदी कार्यमा पनि प्रयोग गरिन्छ । कुनै कार्यको शुभारम्भ पुर्व नै सबै काम राम्रोसंग होस् भनी नरिवल प्रयोग गरिने धार्मिक मान्यता छ ।

कसरी प्रयोग गरिन्छ ?

पानीले भरिएको जगको माथी नरिवल र आँपको पात राखेर महत्वपुर्ण कार्य अगाडी वा कोहीलाई स्वागत गर्दा नरिवलको पुजा गरिन्छ । नरिवललाई दुई टुक्रा बनाइ भगवानलाई चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ । नरिवलको रुखलाई पनि फल जतिकै शुभ मानिन्छ । चलिआएको विश्वास अनुसार नरिवलको रुख विनाश गर्नेको पनि विनाश हुने बताइन्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

लक्ष्मी खुसी पारी पैसा तान्ने मन्त्र

के थकाई मन्त्रले ठिक हुन सक्ला ?

के भक्तिभावले शक्ति प्राप्त हुन सक्छ ?

गायत्री मन्त्र किन जप्ने ? कुन समयमा जप गर्ने ? जानीराखौं

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!