हेल्थ टिप्स

के तपाईं स्वस्थ रहन चाहनुहुन्छ ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

के तपाईं स्वस्थ रहन चाहनुहुन्छ ? कुनै पनि पेय पदार्थ होस वा खाना तातो खाने बानी छ भने आजैबाट त्यागौं नत्र भोजननली जल्नाले थुप्रै समस्या झेल्नुपर्ने हुन सक्छ । आजकाल भोजन गर्दा टिभी हेर्ने गफ गरेर खाने बानी छ यसले ग्याष्ट्रिक बनाउन सक्छ किनभने खाना खाँदा शेलीभरी ग्लेण्डबाट निस्कने रस भोजनसंग नमिसिएमा पाचन प्रणालीमा असर हुनाले पाचनक्रियामा गडबड हुनसक्छ ।

हामीले पाकेको धेरै र काचो कम खाने बानी छ यसले हामीलाई चाहिने क्यालोरी कम हुने सम्भावना बढि हुनाले स्वास्थ्यमा ठूलो असर हुन सक्छ । सुगरको रोग लागेको छ दुब्लाउदै जानुभएको छ मिठाइ खाने गर्नुस किनकि तपाईको शरीरले मिठो पदार्थको खोजी गर्दैछ भनेर बुझ्नुपर्छ ।

आजकल रक्सी खादा होस वा बियर खादा होस मासुसंग होइन फल फूलसंग खाने गर्नुस यसले नसा कम लाग्ने हुन्छ तर मासुसंग खानाले क्यान्सरसम्म हुने र रक्सी बढी लाग्ने हुनाले स्वास्थ्यमा ठूलो असर हुनसक्ने विज्ञहरूको भनाई छ ।

रातो चिया पिउनेहरूको भन्दा दूधको चिया पिउनेहरूलाई पत्थरी बढी हुने गरेको पाइएको छ । नेपालमा पत्थरी बच्चादेखि बृध सम्मलाई देखिएको छ । खाना खाँदा सधै यस्ता कुरामा ध्यान दिन सके रोग नै नलाग्न सक्छ भन्ने कुरा चिकित्सकहरूको सुझाव छ ।

साग होस वा मासु उमालेर गरेर खाने बानी बसालौं यस्ले स्वास्थ्यमा त्यति हानी नगर्ने भनेको छ । पुरूषको तुलनामा महिलालाई मासुको आवश्यक बढी हुने गरेको पाइएको छ । रक्सी सेवन गर्नेहरुको सेक्स कमजोर हुदै जाने कुरा पत्ता लागेको छ । यदि यौन सन्तुष्टि र दाम्पत्य जीवन राम्रो होस भन्ने चाहना भए रक्सी त्यागौ भन्ने हाम्रो सुझाव छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

स्वस्थ जीवनकाे रहस्य

स्वस्थ रहौं अरूलाई स्वस्थ रहन आग्रह गरौं

स्वस्थ रहन पानी कति पिउने ?

बैज्ञानिक पद्धति अनुसार स्वस्थ जीवनका रहस्यहरु के के हुन् ?

कुकुर पाल्दा स्वस्थ जीवन

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!