टिप्स

किन केटीहरु दारी पाल्ने केटाप्रति आकर्षित हुन्छन

केटीहरुहरुलाई दारी नपालेका भन्दा दारी पालेका केटा बढी मनपर्छ । त्यसो त आजकलका केटाहरुको पनि दारी पाल्ने फेसन नै भइसक्यो । केटाहरुले आजकल झप्प पारेर दार्ही पाल्ने चलन आएको छ । हलिवुड, बलिवुड र कलिवुडमा पनि प्राय: हिरोहरु आजकल दारीमा नै देखिने गरेका छन् । दार्ही पाल्दा खेरि आफ्नो छुट्टै आकर्षण रहने प्राय: केटाहरुमा रहदै आएको छ ।

केटीहरुहरुलाई प्रभावित पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ । केटीहरुलाई दारी पालेका केटाहरु मनपर्ने कारण यस्तो छ ।

१. इमेज बलियो हुन्छ

केटीहरुका अनुसार दारीका कारण केटाहरुको बलियो इमेज बन्ने गर्छ । हल्का दारीवाला केटाहरु देख्दा धेरै केटीहरुको नजर केहीबेरका लागि उनीहरुमै अडिने गर्छ ।

२. क्लासिक तथा रोमान्टिक

केटीहरुलाई लाग्छ दारी भएका केटाहरु धेरै नै रोमान्टिक हुने गर्छन् । उनीहरुसँग साथ बिताउन केटीहरुलाई एकदमै मनपर्छ । उनीहरुको क्लासि लुक्समा पनि प्राय केटीहरुको आँखा रहने गरेको छ ।

३. म्याचुरिटी देखाउछ

हरेक केटी आफुले मन पराएको केटा परिपक्क होस भन्ने चाहान्छन् । उनीहरुलाई लाग्छ दारी राख्ने केटाहरु धेरै परिपक्क हुन्छन् । यस्ता केटाहरुप्रति केटीहरु क्रेजी हुने गर्छन् । मानिन्छ कि केटीहरुलाई क्लिन सेभ गरेका भन्दा हल्का दारी पालेका केटाहरु बढी परिपक्क लाग्छन् । यसैकारणले पनि केटीहरुलाई बियर्ड लुक बनाएका केटाहरु बढी मन पराउँछन् ।

४. मर्दको निशानी

धेरै केटीहरुलाई लाग्छ दारी हुने केटाहरु मर्द हुन् । यस विषयमा किताबी अध्ययन गरेका कारण पनि उनीहरु यस बिच बलियो सम्बन्ध रहेको उनीहरु बताउने गर्छन् ।

५. हट
कुनै समय क्लिन सेभ गरेका केटाहरु केटीहरुलाई हट लाग्थ्यो भने आजकल भने दारी पालेका केटाहरु हट लाग्न थालेको छ ।

६. आर्कषण

केटीहरुलाई क्लिन सेभ गरेका भन्दा दारी पालेका युवकले चाँडै नै आर्कषण गर्छन् ।

७. फेसनमा पनि छ बियर्ड लुक

आजकल फेसनमा पनि बियर्ड लुक छ र केटाहरु आफैँलाई पनि दारीवाला लुक्स मनपर्छ ।

८. समझदार देखिन्छन्

यस्तो मानिन्छ कि बियर्ड लुक भएका केटाहरु क्लिन सेभ गरेका केटाहरुभन्दा अलि बढी समझदार देखिन्छन् ।

९. ह्यान्सम देखिन्छन्

केटीहरुको अनुसार उनीहरुलाई क्लिन सेभ गरेका केटाभन्दा हल्का दारी पालेका केटा बढी ह्यान्सम लाग्छन् ।

यो पनि पढ्नुहोस्   

दाह्रीजुँगा पाल्नुका फाइदाहरु

सधै जवान देखिने तरिकाहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!