रोचक

जोक्सहरु

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ ” यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरी
टुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन ….

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।

प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु ।
प्रेमीका – रक्सी र तास नि !
प्रेमी – त्यो पनि छोड्छु ।
प्रेमीका – बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि !
प्रेमी – तिमीलाई !

प्रेमीका – तिमी नभएमा म बाँच्न सक्दिन तिमी म संग कहिले बिहे गर्छौ ?
प्रेमी – प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवार संग सोध्नु पर्छ।
प्रेमीका – के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ?
प्रेमी – किन नमान्नु मेरो बुवा – आमाले मेरो निजी जिवनमा चासो गर्नु हुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !

शिक्षिका(रामलाई): भन त आज तिमीले के राम्रो काम गरेउ ?
राम : मिस हामी ४ जना मिलेर आज एउटा बुढी महिलालाई सडक पार गरायौं
शिक्षिका : ओहो यो त साह्रै रामो काम गरेउ त तिमीहरुले तर एउटा महिलालाई सडक पार गराउन ४ जना किन नि ?
राम : किनभने त्यो महिला सडक पार गर्न चाहीरहेको थिईन नि त

श्याम : राम तिमीलाई पौडी खेल्न आउछ ?
राम : अहँ आउँदैन
श्याम ( खिसी उडाउदै ): तिमी जत्रो त कुकुरले पनि पौडी खेल्न जाँन्दछ ।
राम : तिमीलाई पौडी खेल्न आउछ त ?
श्याम ( गमक्क फुल्दै ): आउछ
राम : त्यसो भए तिमी र कुकुरमा के फरक भयो त ?

बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ
क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?
लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

गीता : सिता अब म महेश सँग बिहे गर्न सक्दिन
सिता : किन तिमीले महेशलाई कुनै अर्कै केटी सँग देख्यौ कि ?
गीता : होइन महेशले चाँही मलाई अर्कै केटा सँग देख्यो …

स्वास्नी : “हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!”
लोग्ने : “तिमीलाई भ्रम पर्यो जस्तो छ।”
स्वास्नी : “कस्तो भ्रम??”
लोग्ने : “म निदाएको थिए भनेर!!”

बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ :छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला
अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ
खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।

तीन चार जना मध्ये दुई जना झगडा गरिरहेका थिए ।
पहिलोले भन्दै थियो ,’ एक बक्सिङ्ग हानेर तेरो ६४ वटै दाँत भुँईमा खसाली दिन्छु ।
झगडा नगरेको अर्कोले हाँस्दै प्याच भन्यो ,’
मान्छेको पनि ६४ वटा दाँत हुन्छ र ??’
‘चुप लाग !! त बिचमा बोल्छस् भन्ने थाहा भएर नै तेरो दाँत पनि अगाडीनै गनेको हो ।’ पहिलोले भन्यो ।

एउटा गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए तिमी किन भागेर जादैनौ त ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन , मालिकको राम्री छोरीले जब जब केही बदमासी गर्छ तब तब मालिकले यो भन्ने गर्छ ” धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधा सँग गरिदिन्छु” बस यही आशामा बसेको छु यार …

एक जोडीले आत्महत्या गर्ने निर्णय गरेछ र धरहरा बाट पहिला प्रेमीले हामफालेछ । त्यतिकैमा प्रेमिकाले आँखा बन्द गरेछ र भनेछ ” माया त अन्धो हुन्छ ” र फर्केर गईछ । यो देखेर प्रेमीले पनि यो भन्दै आफ्नो प्याराशुट खोलेछ ” माया त कहिले पनि मर्दैन ” ।

पत्नी : तपाईं सार्है मोटो हुनु भयो ।
पति : तिमी पनि त मोटी भयौ नि ।
पत्नी : म त आमा बन्ने वाला छु नि त ।
पति : म पनि त बुवा बन्ने वाला छु नि ।

विद्यार्थी : मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनु हुन्थ्यो हो ?
मिस : (रिसाउदै), किन र ?
विद्यार्थी : तपाईंले जहिले पनि मलाई टेस्ट पेपरमा अण्डा दिनु हुन्छ त्यसैले ।

( पति र पत्नी मन्दिर गएर फर्किदै )
पति : तिमीले भगवान सँग के माग्यौ ?
पत्नी : तपाईं र सात जनम सम्म सँगै हुन पाउँ , अनी तपाईंले के माग्नु भयो नि ?
पति : यो हाम्रो सातौँ जन्म होस्

एउटा मान्छे प्याराशुट बेच्दै : प्लेन बाट हामफाल्नुहोस्, एउटा बटन थिच्नुहोस् र जमिनमा safely ल्यान्ड हुनुहोस् ।
ग्राहक : यदि बटन थिच्ने बेलामा प्याराशुट खुलेन भने ?
प्याराशुट बेच्ने मान्छे : खुलेन भने तिम्रो पैसा फिर्ता ……….

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : किन भने यस्तो सानो कन्डम बन्न नै सक्दैन ।

जज : (चोर सँग) तिमी कसरी पक्राउ पर्यौ ?
चोर : एका बिहानै सपिङग गरेर ।
जज : यो त कुनै अपराध भएन त, अनि बिहान कति बजे तिर नि ?
चोर : पसल खुल्नु भन्दा अगाडि …

बिरामी : डाक्टर साब, मलाई भुल्ने बिमारी छ ।
डाक्टर : कहिले देखि यो बिमारी लाग्यो ?
बिरामी : कुन बिमारी ???
डाक्टर : भुल्ने बिमारी क्या …
बिरामी : त्यो त भुलेँ
डाक्टर : ( औषधीको नाम लेखेर ) ल यो औषधी किनेर खानु ।
( भोली पल्ट )
तपाईंले लेखेर दिएको औषधी त कही पाइएन डाक्टर साब ..
डाक्टर : ( प्रेस्क्रिप्शन हेर्दै ), हत्तेरिका मैले त औषधीको नामनै लेख्न बिर्सेंछु , यो त मेरो सिग्नेचर हो ।

श्याम : आज मैले रेखा थापा सँग फोनमा कुरा गरे नि ।
राम : हो र ? मलाई त विश्वाश लागेन ।
श्याम : भगवान कशम , कुरा गरेकै हो ।
राम : ल ल ठीक छ अनी उनले के भनी त ?
श्याम : रङग नम्बर …

राम : ओए, उ त्यो केटी हेर त कस्ती छे ?
श्याम : निकै राम्री छे
राम : यदि मौका पायौ भने बिहे गर्छौ त ?
श्याम : मौका मिल्छ भने बिहे किन गर्नु नि ??

बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ ।
पत्नी : किन र ?
पति : सधैं बिहान भाले जस्तो उठ्छु, घोडा जस्तो कुदेर अफिस जान्छु, गधा जस्तो काम गर्छु, घर आएर कुकुर जस्तो सबैलाई भुक्छु र राती भैंसी सँग सुत्छु ।

बिरामी डाक्टर सँग
तपाईंले नर्स एकदम राम्रो राख्नु भएको रहेछ, उसको हात लाग्ने बित्तिकै म ठीक भएँ ।
डाक्टर : मलाई थाहा छ , थप्पडको आवाज मैले पनि सुनेको थिए ।

माग्ने : ओ सुन्दरी, अन्धो छु , पाँच रुपयाँ दिनुहोस ।
( पति पत्नी सँग ) देउ देउ, तिमीलाई सुन्दरी देख् ने यो अबस्य पनि अन्धो नै होला ।

पत्नी : एउटा कुरा भनौ ?
पति : भन न
पत्नी : रिसाउन त रिसाउदैनौ नि ?
पति : रिसाउदिन, भन न
पत्नी : कुट्न त कुट्दैनौ नि ?
पति : केही गर्दिन भन न के कुरा हो ?
पत्नी : म Pregnant छु
पति : ( खुशी हुँदै ) यो त खुशी को कुरा हो तर तिमी किन डराईरहेकी थियौ ?
पत्नी : कलेजको टाइममा मैले यही कुरा बुवालाई भनेको थिए, त्यती खेर धेरै गाली अनी कुटाइ खाएको थिए त्यसैले …

छोरा : मम्मी तपाईंलाई त्यो प्लेट याद छ ? जुन प्लेटको बारेमा हजुर सधैं टेन्सनमा रहनु हुन्थ्यो कि कही प्लेट फुट्ने त हैन भनेर ।
मम्मी : याद छ छोरा, तर किन र ?
छोरा : मम्मी, सम्झिनुस् आज देखी तपाईंको टेन्सन समाप्त भयो ।

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी हुँदै थियो ।
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो ।
मास्टरले सोधेछ : बाबु तिमी किन उदास छौ ? बाँकी सबै त खुशी भईराखेको छ त ।
बच्चा : तर सर तपाईं त जिउदो बच्नु भयो ।

साभार :  नेट आवर साईबर क्याफे

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!