लेखहरुविचार-विश्‍लेषण

के यसरी विकास होला त नेपालमा ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

के यसरी विकास होला त नेपालमा ?

हामीले गरेको बजार अनुगमनमा जुता चप्लल, तरकारी, काष्टमेटिक सामान विजुली, साइकल, मोटर साइकल, गाडी, खाद्यान्न, मल, बिउ बिजन, कपडा, दाना, ग्यास, बेल्ट, धार्मिक सामाग्री, फलामबाट बनेका दराज, कुर्सी टेवल, विजुलीका सामान सवै नेपाल बाहिरबाट आयको अनुगमनले पुष्टि गरेको छ ।

हाम्रो देशमा उत्पादन गर्न सकिने खालका सवै सामान विदेशबाट आयको देखिनु भनेकै देश अोरालो लाग्नु प्रष्ट हुन्छ । यहाँ रोजगार केमा दिने भन्ने कुरा अनुगमनले देखाएको छ । नेपालमा आउने सामानमा सवैभन्दा बढी भारत र चीन देखिन्छ । विदेशबाट भित्रिने पैसा सवै बाहिर जाने गरेको हेर्दा युवाको मेहनत त्यसै खेर जादैछ ।

नेपाल जलस्रोतले धनी भएपनि नेपालकै पानीबाट उत्पादन बिजुली महंगो रेटमा भारतबाटै खरिद गरेको देखिनुले नेपालमा केहि उत्पादन नहुने भएपछि कसरी विकास देखिन्छ । नेपालीहरूले अब विदेशीको भरमा बाच्नुपर्ने अवस्था आइसकेको र भोली बन्द भएमा ठुलो समस्या अाउने सम्भावना हुदै छ ।

नेपालीलाई परनिर्भरमा राख्ने काम लोकतन्त्रले देखाएको छ । अब नेपाली हामीले सोच्नुपर्ने बेला आएको छ कि जबसम्म नेपालमा हिन्दू राष्ट्र नभए देश डुब्ने संकेत देखिन्छ । नेपालका राजनीति दलले खेल्नुपर्ने भुमिका देशको लागि नभएर विदेशीका लागि भएको प्रष्ट हुन्छ ।

केहि बुझ्ने कि ?

काम त्यति वेला सफल हुन सक्छ जतिवेला सामाजिक सोच र विचार आफुमा हावी हुन थाल्दछ । जसले म भन्ने घमण्ड गर्छ उसले समाजको हितमा होइन आफ्नो अवश्य गर्नेछ । म जनताले चुनेर पठाएको व्यक्ति हु मेरो दायित्व भनेको राष्ट्र हितमा केहि गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत भएको व्यक्तिबाट मात्र यो आशा गर्न सकिन्छ ।

आज स्वार्थमा डुवेकाहरूसंग हामीले जे सोचेका थियौँ यो पुग्ला भन्नु वेकार छ । प्राय: राजनीतिक व्यक्तिहरु पहिला आफ्नो आर्थिक बलियो होस् भन्ने विचार बोकेको वर्तमान अवस्थाले प्रष्ट पारेको छ । जबसम्म हामी राजनीतिका पुच्छर रहनेछौं तबसम्म केहि नहुने देखिन थालेको छ । गलतलाई गलत भन्न नसक्नु नै देशको विकासमा तगारो बनेको छ । यो कुरा हरेक नेपाली बुझ्नुपर्ने समय आएको छ ।

*यो लेखकको निजी नितान्त विचार हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्    

नेपालमा के छैन ?

नेपालमा लोकतन्त्र उपहासको संकेत

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!