आयुर्वेद

अत्यधिक मासिक स्राब हुनेहरूको लागि उपयोगी घरेलु औषधि धनिया

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेद हर्बको राम्रो प्रचार होस् एलोपैथिक जस्तै यो प्रयोग गरेर सबैले समान फाइदा उठाउन सकुन भन्ने चाहना हरेकले लिन सके मलाई लाग्छ अबको केहि बर्षमा नेपाललाई आयुमय बनाउन सकिने र पश्चिमी चिकित्सा पद्धति विस्तारै किनारा लाग्ने‌ देखिन्छ । विगत लामो समयदेखि घरेलु औषधिबारे जनचेतना फैलाउदै आएको छु ।

आज कतिपय महिला दिदी बहिनीहरू अनियमित मासिक स्राब महिनामा २ पटक हुने रगतको तालीमा बस्नुपर्ने बाध्यतालाई मसलाको रूपमा प्रयोग हुदै आएको धनियाबाट चाँडो रोग निको बनाउन सकिनेछ । मेरो यो फार्मुला हेर्दा साधारण भएपनि समयमा हजारौं रुपैयाको बचत गराउने गरेको छ ।

आजको लेखमा मैले धनियाबाट उपचार कसरी गर्ने भन्नेबारे प्रकाश पार्नेछु । हाम्रो भान्सामा प्रायः धनिया मसलाको रूपमा राखेको छ । धनियाबाट के कस्ता रोगको उपचार गर्न सकिन्छ भन्नेबारे प्रकाश पार्ने जमर्को गर्दैछु । हाम्रो भान्सामा भएका कतिपय मसलालाई हामीले औषधिको रूपमा प्रयोग गरेर पैसा बचाउन सक्नेछौं ।

आजकाल कतिपय हर्ब औषधि मिश्रण गरेर बनाएका औषधि बजारमा आएका छन् । २० औ आयुर्वेदिक जडिबुटी मिश्रण गरी बनाएका औषधिहरू भन्दा एकल औषधिले राम्रो फाइदा भएको देखिन्छ । औषधि छ तर जानकारी नहुनाले सर्बसाधारणले फाइदा उठाउन सकि रहेका छैनन् । अबको केहि बर्षमा सम्पुर्ण नेपालीले जडिबुटीबाट राम्रो फाइदा उठाउने छन् ।

औषधि बनाउने तरिका

१. धनिया ६ ग्राम कलाई लगाएको भाडामा आधा लिटर जति पानी राखेर पकाउने र आधा पानी बचेपछि सेलाएर थोरै मिश्री मिलाएर केहि दिन खान दिनाले यो निको हुन्छ ।

२. अरंडिको पातलाई तताउने र हल्का गरम गरेर नाइटो मुनी राखेर बाध्नु महिनावारी हुँदा तल्लो पेट दुखेमा निको हुन्छ ।

नोट : यो खान्दानी औषधि हो मेरो बुबाले बिरामीलाई धनिया पिसेको धुलो औषधिको रूपमा दिनु हुन्थेव खानेलाई थाहा हुदैन थियो तर मलाई यो रहस्य पब्लिकको सामु खोल्न मन लाग्यो । मैले एक पटक सोधेको थिए यसो गर्दा धनिया हो भन्ने थाहा पाएमा खादैनन् भन्ने जवाफ दिनुभयो ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

पित्त वा किड्नीको पथरी फाल्ने जडिबुटी

अनिद्राको रामबाण औषधी ओखर खानुका फाइदाहरु

औषधीको रुपमा पाँचऔँलेको प्रयोग

मानव स्वास्थ्यको लागि घिउकुमारीको प्रयोग

औषधीको रुपमा निमको बोक्रा र पातको प्रयोग

औषधिको रुपमा बेलपत्रको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!