खानपान

नेपालमै पहिलोपटक अन्तराष्ट्रियस्तरको शाकाहारी सम्मेलन हुँदै

२५ फागुन,काठमाडौँ । भोली शनिवार फागुन २६ गते र पर्सी फागुन २७ गते आइतवार काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको शाकाहारी सम्मलेन हुने भएको छ । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा हुन लागेको सो सम्मेलनमा शाकाहारी परिकारको महोत्सव समेत हुने संघका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिए ।

अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारतलगायत तीसभन्दा बढी देशबाट सहभागी हुन आउने सम्मेलन नेपालमै पहिलोपटक गरिन लागेको हो । सम्मेलनमा शान्ति, अहिंसा, करुणा, मानव स्वास्थ्य र जनावरपालनले पार्ने प्रभावका विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

उद्योगधन्दाले भन्दा मांसाहारका लागि एकै स्थानमा अत्यधिक संख्यामा पालिने घरपालुवा जनावरले तापमान वृद्धि गर्न सहयोग पुर्‍याएका छन् । नेपालका ४०० बढी प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन् । कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक तवरले बहस र व्याख्या गरिने संघका महासचिव सुरेश शर्माले बताए ।

मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायत असाध्य रोग बढाइरहेको सन्दर्भमा शाकाहारको महत्वबारे जागरण फैल्याउने सम्मेलनको प्रमुख उद्देश्य छ । सम्मेलनको उद्घाटन विगत बीस वर्षदेखि शाकाहारी खानपान अपनाउँदै आउनुभएकी महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापाले गर्नेछिन् । (रासस)

veg summit detail

 

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!