हेल्थ टिप्स

जमराको रसको फाइदा

जमराको जुसलाइ अँग्रेजीमा वीट ग्रास पनि भनिन्छ भने, यसलाई अर्को शब्दमा ग्रीन ब्लड पनि भनिन्छ । यस्तो प्रकारको जुसमा अधिक मात्रामा अक्सिजन हुने भएकाले यसले हाम्रो शरीरमा भएका ब्यक्टेरियाहरुसंग लड्न मद्त गर्दछ । यसले छालामा सावुनको काम गर्दछ साथै दुर्गन्ध हटाउनमा पनि महत्तवपुर्ण भुमिका खेलेको हुन्छ । स्मरण रहोस बडादशैँको समयमा प्रयोग गरिने जमरामा धेरै थरिका अनाजहरुको जमरा बनाइन्छ तर गहुँको जमराको जुस भन्नाले गहँु उम्रेको १० देखि १५ दिन भित्र यसको जुस बनाएर खान उचित मानिन्छ । जमराको रसको फाइदाहरू यस प्रकार छन ।

– गहुँको जमरा विभिन्न रोगबाट मुक्ति एवं सधैं स्वस्थ्य रहन प्रयोग गर्न सकिन्छ ।
– गहुँको जमरा क्लोरोफिलको राम्रो स्रोत हो ।
– जमराको रसले पाचन क्षमता बढाउँछ ।
– यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
–  शरीरमा जम्मा भएको विकार तथा विजातीय तत्वहरूलाई बाहिर निकाल्ने काम गर्छ ।
– घाँटीको समस्या हुने तथा धेरै बोल्न नमिल्नेहरूले जमरा सेवन गर्न सक्छन् ।
–  यसले मुख तथा दाँतको समस्या पनि हटाउँछ ।
– जमराको रसले मालिस गर्दा छालाको रोग त हट्छ नै, साथै त्यसमा निखार पनि आउँछ ।
–  गहुँको जमराको रसको सेवनले रगत शुद्ध बनाउँछ ।
–  यसमा प्रशस्त पोषक तत्त्व एवं भिटामिन पाइन्छ ।
– यो कलेजो, मृगौलाको समस्या आदिमा पनि उपयोगी हुन्छ ।

यो पनि पढ्नुहोस्  

गहुको जमरा र यसको सेवनका फाइदाहरू

बैज्ञानिक दृटिकोणले जमराको महत्व

गहुँको जमरा धेरै उपयोगी

के हो जमरा ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!