स्वास्थ्य

के हो डीएनए परीक्षण ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

शंकाको आधारमा गरिने परिक्षणलाई डीएनए परीक्षण भन्दछन् । डीएनए परिक्षण गर्नुपर्ने अवस्था कुनै शिशुको पिता को हो भनेर पत्ता लगाउन निकै भरपर्दो भएकाले यस किसिमको जाँचको माग संसारभर बढेको पाइन्छ । त्यसका लागि सामान्यतः आमा, शिशु तथा संदिग्ध पिता भनेर आरोप लगाइएको व्यक्तीको परीक्षण गरिन्छ भने त्यसलाई डीएनए परिक्षण भन्दछन् । यस्तो परिक्षण शंका लागेको बेलामा गरिएको हुन्छ ।

मानव शरीरको प्रत्येक कोषिकाभित्र न्युक्लियस नाम गरेको एक अङ्गक हुन्छ । ती न्युक्लियसभित्र स-साना संरचना हुन्छन्, जसलाई क्रोमोजोम अर्थात् गुणसूत्र भनिन्छ । मानिसमा यसको सङ्ख्या ४६ हुन्छ । यिनै क्रोमोजोममा डीएनए अवस्थित हुन्छ । डीएनए तिनै तत्व हुन् जसले कुनै पनि जीवको आनुवंशिक गुण निर्धारण गर्छ।

डीएनएको पूरा नाम (डिअक्सिरिबो न्युक्लिक एसिड) न्युक्लियसका अतिरिक्त कोषिकाभित्र हजारौंको संख्यामा रहेका माइटोकन्ड्रिया नामक अङ्गकमा पनि डीएनए पाइन्छ । तर माइटोकन्ड्रियामा पाइने डीएनएले न्युक्लियसमा पाइने डीएनएले जस्तो जीवको आनुवंशिक गुण निर्धारण गर्दैनन् । माइटोकन्ड्रियाको प्रमुख भूमिका जीवका लागि अपरिहार्य ऊर्जा उत्पादन गर्नु हो र यसमा अवस्थित डीएनएको छुट्टै भूमिका हुन्छ ।

डीएनए निकै मसिना धागोजस्ता वस्तु हुन् जसको व्यास मानव शरीरको रौँभन्दा १४ हजार ४ सय गुण सानो हुन्छ । मानव शरीरको प्रत्येक कोषिकामा एकैनासका डीएनए हुन्छन् । तर सबै कोषिकामा सबै डीएनए एकै पटक क्रियाशील हुँदैनन् । कुनै अङ्गका कोषिकामा कुनै प्रकारका डीएनए क्रियाशील हुन्छन् भने अर्को अङ्गको कोषिकामा अर्कै डीएनए क्रियाशील हुन्छन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्  

डीएनए परीक्षण कहाँ गर्न सकिएला र कति खर्च लाग्ला ?

विधि विज्ञानमा डीएनए इकाईमा के के को परीक्षण गरिन्छ ?

डीएनए जाँच के-कस्ता कुरामा गर्न सकिन्छ ? किन परीक्षण गराउने गर्छन ?

DNA (डीएनए) भनेको के हो ? यसले कसरी काम गर्छ ?

नेपालमा डीएनएको इतिहास कस्तो रहेको छ ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!