स्वास्थ्य

अस्वस्थ शरीरका लक्षणहरु

Dr. Hemraj Koirala
डा. हेमराज कोइराला

अस्वस्थ शरीर हुनुका लक्षणहरु निम्न अनुसार छन् :

१. शरीरमा दुःख, पीडा र असहजताको अनुभव हुनु ।
२. मनमा तनाव, चिन्ता, भय, उदासिनता, नैरास्थता र चन्चलताको अनुभूति हुनु ।
३. शरीरको सामान्य संरचनामा परिवर्तन पाइनु ।
४. शरीरको कुनै भाग रातो, तातो भएर, सुन्निनु दुख्नु र निष्क्रिय हुँदै जानु ।
५. शारीरिक क्रिया असामान्य हुँदै जानु ।
६. गहिरो निन्द्रा नपर्नु ।
७. भोक हराउनु, बढ्नु वा घट्नु ।
८. दिशा पिसाबको स्वभाविक आवृति, मात्रा र नियमिततामा परिवर्तन आउनु । दिशा–पिसाब बाक्लो वा पातलो खोले वा साह्रो हुनु ।
९. छाती भन्दा पेट बाहिर निस्कनु ।
१०. तारेभुटेको, अमिलो पिरो र चना चटपट खाने इच्छा भइरहनु ।
११. छाला वा शरीरबाट दुर्गन्ध आउनु ।
१२. खाना खाए पश्चात् अस्पट भएको अनुभव हुनु ।
१३. कपाल झर्नु, असमयमै फुल्नु ।
१४. नकारात्मक विचार आइरहनु ।
१५. झनक्क झनक्क रिस उठिरहनु, काम वासना जागृत भईरहनु, लोभ लागिरहनु, राग वा द्वोशको भावना प्रवल हुनु, चिडचिडे हुनु ।
१६. विध्वंसात्मक कार्यद्वारा समस्याको समाधान निकाल्न खोज्नु ।
१७. थोरै काम पश्चात पनि थकानको अनुभूति हुनु ।
१८. एकाग्र हुन नसक्नु ।
१९. कुनै पनि कार्यमा मन नलाग्नु ।
२०. अनुवारमा कान्ती घट्नु ।
२१. नसालु पदार्थ सेवनको ईच्छा जागृत हुनु ।
२२. पारिवारिक एवं सामाजिक सम्बन्ध गडबढ हुनु ।
२३., भावनाहरु व्यवस्थापन गर्न नसक्नु ।
२४. परालम्बी, परजीवी, पराश्रित पराधिन हुनु ।
२५. जीवनको लक्ष्य, उद्देश्य, अर्थ, महत्व र रहस्य बुझ्न नसक्नु ।

अस्वस्थ शरीर

*डा. हेमराज कोइराला योगी नरहरिनाथ योगा एण्ड नेचर केयर हस्पिटल भरतपुर, चितवनमा कार्यरत योग तथा प्राकृतिक चिकित्सक
हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

कम्मर दुख्दा गर्नुपर्ने योग आसनहरू

नसा च्यापिने समस्या र यसको उपचार

रक्तचाप र यसका श्रेणीहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!