जीवन-दर्शन

देखेको पाइदैन लेखेको पाइन्छ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

देखेको पाइदैन लेखेको पाइन्छ भन्ने कुरा सत्य हो एकपटक शिव र पार्वती वीच एउटा गरीबको दु:खबारे पार्वतीले भनिन् त्यो दु:खीले हजुरको प्रथना गरेको छ तर हजुरको मनमा किनचित दया पलाएन प्रभु । पार्वतीको कुरा सुनेर शिवले भन्नुभयो हेर सवै म होइन र सवैथोक उसले पाउन सक्दैन किनभने उसले दु:ख भोग्न लेखेको भोग्नुपर्छ किनकि पुर्वजन्ममा उसले धेरै नराम्रा काम गरेको छ । मैले उसलाई पैसा दिन खोजेपनि उसले पाउन सक्दैन भनेछन् ।

यति सुनेपछि यो हुनै सक्दैन भनेर पार्वतीले जिद्दी गरेकाले ल ठिक छ म उसलाई पैसा दिन्छु उठाउन सक्छ कि सक्दैन हेर भनेर पार्वतीलाई भनेर आफुहरु ब्राह्मण ब्राह्मणीको भेसमा ती गरीबको नजीक पुगेर भनेछन् । हेर्नुस तपाईं सारै दु:खी भएकाले भगवानले बाटोमा पैसा छोडि दिनुभएको छ उठाउन जाउ भनेर अन्तरध्यान भएर हिडेछन् ।

ती गरीबले अब हाम्रो श्रद्धा हेरेर भगवानले बाटोमा पैसा राखिदिनु भएको छ भनेर बुढाबुढी पैसाको खोजीमा बाटो लागेछन् केहि पर जाँदा-जाँदा बुढाले भनेछ बुढि हेर्दा हेर्दै आँखा पाटियो चिम्म गरेर हिडौं भनेछ । बोरो नजीक पुग्न लाग्दा आँखा चिम्म गरेर अघि बढेछन् पछि बाट आउने अर्को ब्यक्तिले पैसा उठाएछ ।

शिवले पार्वतीलाई भनेछन् हेर बोरो उठाउने समएमा आँखा चिम्म गरेर अघि बढे किनकि यो उनलाई भाग्यमा लेखेको थिएन भनेर पार्वती लाई सुनाएछन् । हामीले कुनैपनि काम गर्दा धेरै पाइन्छ भनेर सोचेका हु्न्छौं तर जे लेखेको हुन्छ त्यही पाउछौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

हामीले जस्तो रोप्छौ त्यस्तै फल पाउछौं

के लोभ मृत्युको कारण बन्न सक्छ ?

पैसा र यसको सम्बन्ध

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!