धर्म-सस्कृतिविचार-विश्‍लेषण

गोवर्धन पूजा र यसको महत्व

Madhusudhan Subedi
मधुसूदन सुवेदी

गोवर्धन पूजा र यसको महत्व को बारेमा चर्चा गरौ ।

गोवर्धन धराधार गोकुलत्राणकारक ।

विष्णुवाहकृतोच्छ्राय  गवां कोटिप्रदोभवः ।।

यो हाम्रो राष्ट्रिय पर्व हो । हरेक जाति र हरेक वर्गका व्यक्तिहरू यो पर्व आफ्नो –आफ्नो  शक्तिअनुसार मनाउँदछन् । हुनत यो पर्वभित्र लक्ष्मी पूजाको पर्व भएको हुँदा एक हप्ता अगाडिदेखि नै तयार गर्ने माल—सामानदेखि लिएर सरसफाईसम्म गर्न शुरु गरिन्छ । आखिर जे होस् पञ्चकमध्ये तीन दिन यो पर्व विशेष रूपले मनाइन्छ । जस्तो लक्ष्मीपूजा, गाईतिहार, गोरुतिहार, गोवर्धनपूजा, बलीपूजा, म्हपूजा र भाइटीका यी विशेष हुन् ।

अर्को पर्व हो गोरु, गोवर्धन पर्वत पूजा  नेपाल कृषि प्रधान देश हो कृषिका मुख्य साधन गाई र गोरु हुन् । यिनीहरूबाट नै खेतमा हाल्ने मल उत्प; हुन्छ । गोरुले खेत जोत्दछ  र गोरुबाट नै भारी बोक्ने र व्यापारको लागि सामान वसार—पसार गरी काम चलाउँदछन् । तसर्थ अ;रूप महालक्ष्मीको मुख्य साधन गाईको पूजा नै लक्ष्मीपूजाको रूपमा नेपालीहरू मान्दै आई एक सुन्दर आदर्श स्थापित गर्दै आएका   छन् ।

गोवर्धन शब्द को अर्थ—गोवर्धन एक संयुक्त शब्द हो । गो र वर्धन दुई शब्द मिलेर गोवर्धन शब्दको निर्माण हुन्छ । गोको अर्थ गाई र वर्धनको अर्थ बढ्नु हो । गाईको तृण वा घाससँग विशेष सम्बन्ध रहेको हुन्छ । तृण सम्पत्ति भनेको पर्वतद्वारा गोवंशको बँचाउ गर्ने सूचक हो । जसरी अ; धेरै हुनाले गोवंशको सत्कार आवश्यक छ,, त्यसरी नै गोवंशको बँचाउको लागि मुख्य गोचर भूभिरूप पर्वतको प्रतीकको रूपमा तथा गोपाल रूपबाट परम प्रसिद्ध भगवान् श्रीकृष्णको गोचरणको मुख्य क्षेत्र हुनाको कारण यस दिन गोवर्धन पर्वत, श्रीकृष्ण गोपालको पूजा गरिने चलन छ ।

जब श्रीकृष्ण भगवान् गोकुलमा प्रादुर्भाव हुनुभयो । त्यसबखत उहाँले सबैलाई यस दिन इन्द्रको पूजा नगरी गोवर्धन पहाडको पूजा गर्न लगाउनुभयो । सोही बेलादेखि गोवर्धन पहाडको पूजा भनी घरघरमा गोबरको अन्नकूट (अन्नको थुप्रो) पहाड बनाई पूजा गर्ने प्रचलन छ । गोमाताले दूध, गोबर, गहुत बाट प्राणीलाई आमाले जस्तै रक्षा गरेको हुनाले वहाँलाई त्यस दिन विशेष रूपले पूजा गर्ने परम्परा छ । यसै दिन बेलुका नेवार समुदायमा म्ह पूजा (शरीर अथवा आत्म पूजा) गर्ने प्रचलन छ । किनकि आफ्नो  शरीर पूजा गर्नु भनेको आफ्नो  आत्म पूजा हो । यसलाई भगवान् प्रकृति स्वरूप मानिएको हुँदा यसरी पूजा गर्ने चलन छ । यो आत्म पूजा गर्नु राम्रो परम्परा पनि हो । यसले आफूलाई प्रफुल्ल बनाउँदछ, आनन्दित बनाउँदछ । यस दिन बलिराजाको पनि पूजा गर्दछन् ।

कार्तिक शुक्ल प्रतिपदाको दिन यो पर्व मनाइन्छ । यस दिन अ;कूट (अ;को थुप्रो) मा वा गाईको गोबरको थुप्राकोे गोवर्धन पर्वत बनाई गोवर्धनको पूजा गरिन्छ । सनत्कुमार संहितामा यो लेखिएको छ कि—एक दिन कार्तिक शुक्ल प्रतिपदामा कृष्णजीले गाई चराउँदा चराउँदै गोवर्धनको नजिक गएर के देख्नुभयो भने सबै गोप, ग्वाला र गोपिनी गोवर्धनको वरिपरि जम्मा भएका थिए । विभि; थरीका पक्वा; जम्मा गरेर राखेका थिए । श्रीकृष्णजीले नन्दबाबा आदि बृद्ध गोपहरूसँग सोध्नुभयो “अहिले यहाँहरू कसको पूजा गर्नमा लीन हुनुहुन्छ ”। उनीहरूले उत्तर दिए कि हे कृष्ण ¤ यो दिन इन्द्रको पूजा गर्ने दिन हो । धेरै अगाडिदेखि यो पूजा गोकुलमा हुँदै आएको छ । इन्द्रले आवश्यक समयमा वर्षा गराउने र हामीहरूको खेतीपाती राम्रो हुने र गौचरनमा प्र्रशस्त घाँस पलाउने हुनाले यो इन्द्रको पूजा गर्न लागेका हौँ ।

श्रीकृष्णले भन्नुभयो कि तपाईँहरूको यो ठूलो भूल हो, जुन देवता खाँदैनन् उनलाई तपाईंहरू खान दिनुहुन्छ र जुन खान्छन् उनलाई भोजन दिनुहु; । यो कुरा सुनेर उनीहरूले भने कि “हे श्रीकृष्ण  तिमी यस्तो नभन । इन्द्रले हामीलाई जल दिन्छन् । हामीले धन–धान्य र गाई यिनकै कृपाबाट पाउँछौ, श्रीकृष्णजीले भन्नुभयो” यो तपाईंहरूको विचार राम्रो भएन किनकि हामीहरूलाई अन्न दिने त साक्षात् गोवर्धन पर्वत नै हुन् । यिनले नै प्रकृतिअनुसार पानी वर्षाउँछन्, गाई र हाम्रो रक्षा गर्दछन् । यस पहाडले हामीहरूले चढाएको पक्वान्न आदि भोजन पनि गर्दछन् । तसर्थ यसकै पूजा गर्नु बेस हो । श्रीकृष्णजीको यो कुरा सुनेर गोपीजनहरू एक आपसमा विचार गर्न थाले ।

श्रीकृष्णको कुरा मान्ने कि नमान्ने ? अन्त्यमा यो कुरा निश्चित भयो कि यदि गोवर्धन पहाडले हामीले अर्पण गरेको भोजन खानुभयो भने, श्रीकृष्णको आज्ञानुसार यसको पूजा गरिन्छ र खाएनन् भने इन्द्रको । त्यसैले केही बेरपछि नाना थरीका स्वादिष्ट भोजन बनाएर गोप—ग्वालाहरूले गोवर्धनको अगाडि राखे । कृष्णले भन्नुभयो सबैले आफ्नो  आँखा बन्द गरेर गोवर्धनको ध्यान गर जब ग्वालाहरूले आँखा चिम्लिए तब श्रीकृष्णजी आफै गोवर्धनको रूप लिएर सबै पूजाको परिकार खानुभयो । जब ग्वालाहरूले आँखा खोले तब सबै भोजन खाइसकेको देखेर आश्चर्यमा परे अनि ज्यादै श्रद्धापूर्वक गोवर्धनको पूजा गर्न थाले ।

नारदजीले यो कुरा इन्द्र कहाँ पुयाए । इन्द्र यो कुरा सुनेर मेरो पूजा नगरी मलाई अपहेलना गरी गोवर्धनको पूजा गरियो भनी क्रोधित भएर उनले सांवर्तक मेघहरूलाई यो आज्ञा दिए कि गएर गोकुललाई बगाइदेऊ । केही बेरमा मूसलधार पानी पयो र सम्पूर्ण गोकुलवासी व्याकुल भए । गोपी, ग्वाला त्राहि–त्राहि गर्दै कृष्णजी कहाँ पुगे र भन्न लागे— हाम्रो सधै गरिने इन्द्र महोत्सव रोकेकाले यस्तो अवस्था भयो । अब हामीलाई कसरी रक्षा गर्छौ ? गर ।  कृष्णजीले भन्नुभयो “तिमीहरू नडराओ म इन्द्रको सेखी तोडि दिनेछु भनी आफ्नो  योग प्रभावले आफ्नो  एक हातले गोवर्धनलाई उठाउनुभयो र लौ सबै तिमी आफ्ना भएका मालसामान गाईहरूसमेत लिएर यही गोवर्धनको मुनि आओ”, भन्नुभयो ।

अरूले पनि त्यसै गरे र पर्वतभित्र आनन्दसाथ बसे । इन्द्रले ठूलो पानी सात दिन सात रातसम्म वर्साइराखे । सबै गाउँ नष्ट भए । नारदजीले यो समाचार ब्रमहा जी कहाँ गएर भने इन्द्रले सम्पूर्ण सृष्टिको नाश गरिरहनुभएको छ । ब्रमहा जी यो समाचार सुनेर आफ्नो  वाहन हाँसमा बसेर इन्द्र कहाँ आउनु भयो र सोध्नुभयो—यो के गरेको ? इन्द्रले भने— गोकुल बासीहरूले हाम्रो पूजाको सम्मान गरेनन् । उनीहरूलाई म यो दण्ड दिएको हुँ । ब्रमहाले भन्नुभयो— हेर, जब साक्षात् विष्णु भगवान् श्रीकृष्णको रूप लिएर गोकुलको रक्षा गर्नुभएको छ । तिमीले यो असल गरेनौ भगवान् कृष्णसँग क्षमा माग ”। यो सुनेर इन्द्रलाई पछुतो भयो र उनले कृष्णसँग क्षमा मागेर स्तुति गरे । यसपछि श्रीकृष्णले भन्नुभयो— “हे इन्द्र तिमी यो गोपीहरूलाई क्षमा गर र यो वर देउ कि तिमीहरू गोवर्धन कै पूजा गर ”। इन्द्रले यसलाई स्वीकार गरे र त्यही बेलादेखि गोवर्धनको, त्यहीँ कृष्णको र गोपालहरूको पूजा गर्ने चलन आएको हो हामीहरू सबै त्यसै गरी गर्दछौँ ।

बलिलाई वामन रूप भएका भगवान्ले तीन पाउ जमीन मागी, छली सबै पृथिवीको दान लिएपछि निजलाई वर माग भन्दा कार्तिक कृष्ण पक्षको चतुर्दशी, अमावश्या र कार्तिक शुक्ल प्रतिपदा यी तीन दिन प्रतिवर्ष मेरा राज्य रहोस् यी तीन दिन उत्सवहरू मनाउनेलाई सुख—शान्ति धनधान्यादि प्राप्त होस् भनी वर मागेकाले हर्षेात्सव मनाउने बिन्ध्यावलिसहित बलिको पूजा गरी प्रार्थना गर्ने—

वलिराज नमस्तुभ्यं दैत्यदानव पूजित ।

इन्द्रशत्रो द्र मराराते विष्णुसा;िध्यदो भव ।।

भनी यस मन्त्रले पुष्पाञ्जलि लिई प्रार्थना गर्ने चलन छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

लक्ष्मीपूजा र यसको महत्व

लक्ष्मीपूजा तथा दिपावलीसँग जोडिएका रोचक तथ्यहरु

गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिकको पुष्टी

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!