विज्ञान

गाई तिहार र लक्ष्मी पूजाभित्र लुकेको वैज्ञानिक पक्ष

Gopal Bhandari
गोपाल भण्डारी

कार्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेश्रो दिन गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ । यस दिनको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।

गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ। स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने ज्योतिषीय मान्यता छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर, कोठा, चोटा पवित्र तुल्याउने हिन्दुहरुको संस्कार छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ । अथर्ववेदअनुसार गाई समृद्धिको मूल स्रोत हो ।

वैज्ञानिकहरुका अनुसार गाई एकमात्र यस्तो प्राणी हो जसले अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छोड्छ । जबकि मनुष्यसहित अन्य सबै प्राणीले अक्सिजन लिन्छन् र कार्बनडाइअक्साइड छोड्छन् । गाईको गोबरले घर लिप्दा घर शुद्ध हुन्छ र नराम्रा कीटाणुहरु नजिक आउन सक्दैनन् । यसको मूत्रलाई शुद्ध मानेर सेवन गर्ने चलन छ ।

दूध, दही, घिउ, मूत्र र गोबरबाट पञ्चगव्य बनाइन्छ । पञ्चगव्य कैयौँ रोगमा लाभदायक मानिन्छ । रोगनिरोधक क्षमता बढ्छ । गाईको गहुँतमा पोटासियम, सोडियम, नाइट्रोजन, फस्फेट, युरिया, युरिक एसिड र दूध दिइरहेको समयको गहुँतमा लेक्टोज आदिको मात्रा प्रशस्त हुन्छ । गाईमा सकारात्मक ऊर्जाको भण्डार हुन्छ । वरिपरि गाई हुनुको मतलब सबै खालका सङ्कटबाट टाढै रहेर सुख र समृद्धिपूर्वक जीवन बाँच्नु हो । गाई नजिकै जानाले मात्रै पनि सङ्क्रामक रोग कफ, रुघा आदिको नाश हुन्छ ।

यो पनि पढ्नुहोस्    

तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

काग तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

कुकुर तिहारभित्र लुकेको वैज्ञानिक पक्ष

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!