यौन जिज्ञासा

स्वप्नदोष (Night Discharge) को रोकथाम र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वप्नदोश (Night Discharge) सेक्स नगरी वस्नेहरूलाई प्राय: यो समस्या देखिएको छ । मेरो विचारमा यो कुनै रोग नभई सामान्य प्रक्रिया हो भन्दा फरक पर्दैन । जब हाम्रो दिमागमा काम बासनाको भण्डार भरिन थाल्दछ तब हामीलाई Nocturnal Emission हुन थाल्दछ ।

सामान्य भन्दा धेरै पटक Night Discharge भएमा उपचार गराउनुपर्छ । मनबाट सेक्सका विचारलाई त्याग्नु पर्दछ । एउटा पुस्तकमा मैले पढेको थिए जन्मदेखि बृद्द अवस्थासम्म स्वप्नदोश हुदैन या सेक्स गरिदैन भने यौन अंग त्यसै नस्ट भएर जान्छ भन्ने लेखेको रहेछ ।

यसको मतलब स्वप्नदोष आवश्यक छ भन्ने कुरामा त्यो ग्रन्थले भनेको ठिक रहेछ भन्ने कुरा घटनाक्रमले देखाएको छ । कुनै दोष नभएर एक स्वाभाविक शारीरिक क्रिया हो जस अन्तर्गत एक पुरुषलाई निंदाएका बेला वीर्यपात (स्खलन) हुन जान्छ, त्यतिखेर पुरुष एक स्वतः स्फूर्त यौनानन्दको अनुभव पनि गर्दछन् । यो प्रक्रिया स्त्रीहरुमा पनि देखिन्छ ।

स्वप्नदोष, किशोरावस्था र शुरुआती वयस्क वर्षहरूका बेला हुने एक सामान्य घटना हो, तर यो उत्सर्जन यौवनका पछि कुनै पनि समय हुन सक्छ । स्वप्नदोष, एक कामोद्दीपक सपनापछि हुने एक स्वाभाविक शारीरिक प्रतिक्रिया हो, जसको कारण पुरुष व्यक्तिको भित्र लगातार उत्पादित हुँदै रहेको शुक्राणु कोशिकाहरुको प्रशस्त रुपमा शरीरबाट बाहिर निकाल्छ ।

पुरूषलाई मात्र Night Discharge हुन्छ भन्नु गलत छ । यस्तो महिलालाई पनि हुन सक्छ । उनीहरूको योनी पनि गिलो हुन सक्छ । पुरूषहरूलाई सोचाईको प्रधान कारण मानिएको छ भने महिलाहरूमा नसोची सुतेको अवस्थामा पनि सोप्न दोष हुनसक्छ । योनी गीलो हुन सक्छ ।

उपचार

१. Night Discharge को सफल उपचार भनेको कामबासनालाई दिमागदेखि हटाउनु । गरम मरमसला बढी नखाने । ड्रिंग नगर्ने लागु पदार्थको सेवन नगर्ने ।

२. अमला स्वप्नदोषको लागि राम्रो फाइदा गर्दछ । अमलामा ६ ग्राम पाउडरमा थोरै मह मिलाएर सेवन गर्नाले यो रोग निको हुन्छ ।

३. २,३ वटा चिप्ले भेण्डि दैनिक काचै खानुस स्वप्नदोष निको हुन्छ ।

४. स्वप्न दोषको लागि काँचो प्याज राम्रो औषधि मानिएको छ । दैनिक काँचो प्याज खानाले यो समस्या हल हुन्छ ।

५. महसंग त्रिफला नित्य सेवन गर्नाले स्वप्नदोष ठिक हुन्छ ।

६. स्वप्नदोषको लागि केरालाई महत्वपूर्ण औषधि मानिएको छ । पाकेको केरामा ३,४ थोपा मह राखेर खानाले यो रोग निको हुन्छ ।

७. काचो लसुन खाएर पानी पिउनाले केहि दिनमा यो रोग क्रमश: निको हुन्छ ।

नोट : स्वप्नदोष कुनै रोग नभएपनि यदि बढि हुन थालेको छ भने कालान्तरमा गएर यसले नोक्सान गर्न सक्छ । बढी भएमा डाक्टरको परामर्श लिएर उपचार गराउन सक्नुहुनेछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

शास्त्र भन्छ, यी १० महिलासंग राख्नु हुँदैन शारीरिक सम्बन्ध

कुन समयमा यौन सम्पर्क राख्दा गर्भ बस्छ ?

भुलेर पनि यौन सम्बन्ध राख्न नहुने यी महिलाहरु

यौन जीवन रोमाञ्चक बनाउने ७ टिप्सहरु

काउचोको प्रयोग गरेर बढाउन सकिन्छ सेक्स पावर

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!