चिकित्सा विज्ञान

उपचारमा लापरबाही हुने कारणहरू र यसलाई रोक्न तरिका

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रोग लागेर उपचार गराउन जाने थलो भनेको अस्पताल हो । त्यहाँ लापरबाही कसरी भयो सवैभन्दा पहिले हामीले यो बुझ्न आवश्यक छ । उपचार मानिसको हुन्छ पशुको होइन । बोल्दा-बोल्दै यदि उ मर्छ भने या त औषधि सेवनमा त्रुटी हुन सक्छ वा रोगको सहि निदान नभएको हुन सक्छ ।

उपचारमा त्रुटी हुनुका दुई कारणमध्ये कुनै एउटा कारण हामीले लिन सक्छौं । सवैभन्दा पहिले रोगको अवस्था कस्तो छ । उसलाई दिन खोजेको औषधि उसको शरिरले सहन सक्ने अवस्थाको छ की छैन बुझ्नुपर्छ । औषधिको डोज बढी हुनाले पनि रोगीको ज्यान जान सक्छ । औषधिको छनोट त भयो तर रोगीले औषधि खाँदा कुनै प्रतिक्रिया देखायो कि देखाएन भन्ने यकिन गरेर मात्र दोस्रो स्टेपमा हामी लाग्नुपर्छ ।

उपचारमा लापरबाही हुने कारणहरू

१. एकपटक Penicillin १२ लाखको इन्जेक्सन ४ वटा लगाई सकेको छ तर उसलाई कुनै प्रतिक्रिया देखाएन तर लाष्ट ५ चौं इन्जेक्सनले रियाक्शन गरेछ । सानो लापरबाहीको कारण मान्छे मरेको थियो तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने Intermascular इन्जेक्शन गल्तीले Intervenes मा पर्न गएछ यसले गर्दा बिरामी मरेको कुरा अनुसन्धानले देखाएको थियो ।

२. ३ बर्ष उमेरको बच्चाको समस्या सामान्य खोकी लागेर हस्पिटल ल्याएको रहेछ । सामान्य औषधि दिएर पठाउन सकिने बच्चालाई भर्ना गरियो । फोक्सो खराब भन्दै दिनमा ४,५ वटा सुई बच्चालाई लगाइएको थियो । पछि बच्चा अपांग भएपछि पनि हस्पिटलले डिस्चार्ज गर्न मानेको थिएन । पछि त्यहाँबाट लखनौ मेडिकल कलेज लग्दा औषधिको डोज बढी हुनाले प्यारालाइसिस भएको पुष्टि भयो ।

उपचारमा लापरबाही रोक्न तरिका

चिकित्सा पेशामा लाग्नु भएको छ भने कुनै दुई औषधि मिश्रण गर्दा त्यसको भिन्न प्रतिक्रिया हुन सक्छ । आफुले दिएको उपचारबारे बिरामी र उसका अन्य सदस्यलाई जानकारी दिने बानी बसाल्दा चिकित्सकप्रति विश्वास जाग्न सक्छ । रोगको उपचार गर्न सवैभन्दा पहिलो प्राथमिकता रोगको सहि निदान र सहि औषधिको छनोटमा ध्यान दिने काममा जुटौं ।

Aspirin संग Iran salt दिनाले पेटमा गई जहर बन्न सक्छ वा विस्फोट भई मानिसको ज्यान जान सक्छ । लेनोक्सिनसंग कुनै पनि आयरन दिनाले प्रतिक्रिया देखिन सक्छ दिनुहुदैन । यस्ता कुरामा हमेसा सजग रहेर काम गर्नुपर्छ । आज उमेरको र तौलको आधारमा दिने औषधि हचुवाको भरमा दिने बानीले पनि शरीरमा औषधिको फरक प्रतिक्रिया देखाउन सक्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

औषधीको अनुगमन गर्न किन आवश्यक छ ?

आयुर्वेद वा एलोपैथिक उपचार बिधि कुन ठिक ?

डेंगु भन्दा स्क्रब टाइफसका बिरामी धेरै

औषधि सेवनमा ध्यान दिनुपर्ने कुरा

एन्टीबायोटिक्स एमोक्सिसिलिन र यसको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!