राष्ट्रिय समाचार

निरन्तर विकास शिक्षा (सि.डि.इ.) उद्घाटन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

८ भाद्र, नवलपरासी । नेपाल वैकल्पिक चिकित्सा विकास परिषददवारा आयोजना गरिएको निरन्तर विकास शिक्षा (सि.डि.इ.) उद्घाटन तथा प्रशिक्षण कार्यक्रम हिजो २०७६ साल भाद्र ८ गते सम्पन्न भएको छ । नेपाल वैकल्पिक चिकित्सा विकास परिषद बि.सं. २०६९ सालमा नेपाल सरकारद्वारा दर्ता विधिवत दर्ता गरी स्थापाना गरिएको हो । यो मूल-प्रवाह पद्दति बाहेकका अन्य पूरक तथा वैकल्पिक चिकित्सा प्रणालीहरुको संरक्षण तथा उत्थानका लागि स्थापना गरिएको हो ।

नेपाल वैकल्पिक चिकित्सा विकास परिषदका प्रमुख जिम्मेवारीहरू निम्न हुन् : (१) पूरक तथा वैकल्पिक चिकित्सा शिक्षा (शिक्षण) को मापदण्ड निर्धारण, (२) पूरक तथा वैकल्पिक चिकित्सा (स्वास्थ्य सेवा) को मापदण्ड निर्धारण, (३) सबै पूरक तथा वैकल्पिक चिकित्सकहरू र व्यवसायीहरूलाई चिकित्सा आचार संहिता र नैतिक जिम्मेवारीहरू पालना गर्न प्रोत्साहन गर्नू (४) नैतिकता र अनुशासनको उल्लङ्घन गर्नेलाई कारवाही गर्नु प्रमुख जिम्माबारी रहेको छ ।

हिजो २०७६ साल भाद्र ८ गते कावासोतीको इण्टिग्रेटेड हस्पिटलको माथिल्लो तलामा निरन्तर विकास शिक्षा (सि.डि.इ.) उद्घाटन तथा प्रशिक्षण कार्यक्रम दिइएको थियो । यो कार्यक्रमले देशभित्र काम गर्ने सबै पूरक र वैकल्पिक चिकित्सकहरू र व्यवसायीहरूलाई आफ्नो र दक्षतालाई समय सापेक्ष बनाई अन्ततः समग्र स्वास्थ्य सेवा गुणस्तरमा सुधार गर्न सहयोग पुर्याउने छ भन्ने हामीले विश्वास लिएका छौं ।

नेपाल वैकल्पिक चिकित्सा विकास परिषद पनि “आईटी मैत्रीपूर्ण” संस्थाको रूपमा अघि बढ्दैछ । आफ्नो “वेबसाइट” मा सबै जानकारी (शिक्षण संस्था, स्वास्थ्य सेवा संस्था, चिकित्सा आचारसंहिता , नियमावली, नीति तथा निर्देशिका, र मापदण्डहरु आदि) राख्नेछ, जुन् चिकित्सकहरू, सहभागीहरू र साधारण जनताका लागि पहुँचयोग्य हुनेछ। जसकारण नेपाल वैकल्पिक चिकित्सा विकास परिषद पारदर्शी र कुशल हुनेछ ।

नेपाल सरकारद्वारा दिएका जिम्मेवारीहरू पूरा गर्न र हाम्रो लक्ष्य हासिल गर्न, हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूको साथ सहयोग चाहन्छौं जसको लागि परिषदको हालको संरचना पर्याप्त छैन । नेपाल वैकल्पिक चिकित्सा विकास परिषदको विस्तारको लागि निरन्तर नेपाल सरकारको संबन्धित मन्त्रालयहरु र निकायहरुसंग सम्पर्कमा रहनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!