जीवन-दर्शन

केहि जीवन उपयोगी प्रश्नोत्तर र तिनीहरुको शिक्षा

१. आज जीवन यति जटिल किन छ ?

जीवनलाई विश्लेषण गर्न बन्द गरिदेऊ । यसले जीवनलाई झन् जटिल बनाउँछ, जीवनलाई मात्र जिउन व्याख्या नगर ।

२. हामी सधैं किन दु:खी हुन्छौं ?

केही न केही कुराले चिन्तित रहनु तिम्रो बानी बनिसक्यो । यसैकारण तिमी खुसी हुन सकिरहेका छैनौं ।

३. असल मान्छेले सधैं किन दु:ख पाउँछन् ?

हीरा रगडिएपछि मात्रै चम्किन्छ । शुद्ध हुनका लागि सुनलाई आगोमा पकाउनुपर्छ, खार्नुपर्छ । त्यस्तै असल मानिसहरूले दु:ख पाउने होइन, उनीहरूले परीक्षाहरूबाट गुजि्रनुपर्छ । यस अनुभवबाट उनीहरूको जीवन झन् राम्रो हुन्छ, यो अनुभव बेकार जाँदैन ।

यो पनि पढ्नुहोस्

जीवन उपयोगी स्मरणीय तथ्यहरु

चाणक्यका जीवनउपयोगी १५ विश्वचर्चित नीतिहरु

चाणक्य नीतिका ८ जीवनउपयोगी भनाईहरु ध्यानमा राख्दा जीवनमा नोक्सान कहिल्यै हुँदैन

रामभक्त हनुमानको जीवनवाट सिक्नपर्ने ४ कुराहरु

हरेक व्यक्तिले जान्नुपर्ने जीवन दर्शनका यथार्थ शिक्षाहरु

४. यस्तो अनुभव उपयोगी हुन्छ ?

हरेक ढंगबाट हेर्दा अनुभव एउटा कठोर शिक्षकजस्तो हुन्छ, जसले पहिले परीक्षा लिन्छ र पछि शिक्षा दिन्छ ।

५. अनेक समस्याले घेरिइरहने भएकाले होला, हामीलाई आफू किन कता जाँदैछु भन्ने थाहा हुँदैन ?

यदि तिमी बाहिरी दुनियाँतिर मात्र हेर्छौ भने कहाँ जाँदैछौ भन्ने थाहा पाउनेछैनौ । यसका लागि आफु भित्र चियाउनुपर्छ । आँखाले केवल दृष्टि दिन्छ, हृदयले बाटो देखाउँछ ।

६. के असफलता सही बाटोमा हिँड्नुभन्दा पनि पीडादायी हुन्छ ?

सफलता त्यो मानक हो । जो अरू मानिसले निर्धारण गर्छन्, सन्तुष्टिको मानक तिमी आफैंंले निर्धारण गर्छौ । सन्तुष्ट हुनलाई अरूको मत चाहिंदैन ।

७. कठिन समयमा पनि उत्साह जोगाइराख्ने उपाय के हो ?

जहिले पनि अझै कति हिँड्न बाँकी छ भन्नेमा होइन कि अहिलेसम्म कति हिँड्न सकेछु भन्नेमा ध्यान देऊ । जे जति पाइएको छ त्यसको गणना गर, जे पाइएन त्यसलाई होइन ।

८. मानिसहरूको कुन कुराले अचम्म लाग्छ ?

जब उनीहरू कष्टमा हुन्छन् तब भन्छन्- म नै किन ? जब सुखमा डुबिरहेका हुन्छन्, त्यो बेला कसैले सोच्दैन- म नै किन ?

Like & Follow us on Facebook

९. मैले जीवनको सर्वोत्तम कसरी प्राप्त गर्न सक्छु ?

बिना कुनै पश्चात्ताप आफै आफ्नो अतीतको सामना गर । पूर्ण आत्मविश्वासका साथ आफैले आफ्नो वर्तमानलाई सम्हाल । र, निडर भएर आफ्नो भविष्यको तयारी गर ।

१०. यदि तपाईंलाई कहिलेकाहीँ लाग्छ मेरा सारा प्रार्थनाहरू बेकार गइरहेका छन् । यस्तो किन हुन्छ ?

कुनै प्रार्थना बेकार जाँदैन । आफ्नो आस्था जोगाइराख र डरलाई नजिक आउन नदेऊ । जीवन एउटा रहस्य हो, जसको तिमीले खोज गर्नु छ, जीवन कुनै समस्या होइन, जसलाई हल गर्नुपरोस् । आफुलाई विश्वास गर- यदि तिमीले बाँच्ने कसरी हो भन्ने थाहा पायौ भने जीवन साँच्चिकै आश्चर्यजनक छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!