राष्ट्रिय समाचार

मेगा ल्याब प्रालिको बार्षिकोत्सव तथा साधारण सभा २०७६ सम्पन्न

भाद्र ७, कावासोती । आज शनिबार २०७६ साल भाद्र ७ गते कावासोतीमा अवस्थित मेगा ल्याब प्रालिको बार्षिकोत्सव तथा साधारण सभा २०७६ होटल कावासोती डण्डामा सरिक भइएका थियौ । यस क्षेत्रमा यो मेगा ल्याव प्रालिले ल्यावको लागि राम्रो भुमिका निर्वाह गरेको हामीले पायौं ।

रोगको परिक्षणमा ल्यावको भुमिका प्रमुख देखिन्छ । रोगको पहिचान जब सम्म हामीले ल्याबको साहेताबाट परिक्षण गराउदैनौ तबसम्म उपचार गर्न समेत हामीलाई अप्ठेरो महसुस हुने गर्दछ । आज कतिपय रोगको परिक्षण ल्याबबाट गर्दा उपचार गर्न समेत सहज हुने र हचुवाको भरमा उपचार गराउने गर्दा खर्च बढी हुने भएकाले ल्याब गरेर मात्र औषधि सेवन गराउनु ठिक हो भन्ने कुरा हामीले सयय-समयमा जानकारी पस्कदै आएका छौं ।

अबको युगमा ल्याब अपरिहार्य भइसकेको हामीले भन्दै आएका छौं । यो क्षेत्रमा मेगा ल्याबले थोरै भएपनि सहयोग गरेकोमा हामी धन्यवाद दिन चाहन्छौं । अबको दिनमा थप स्तरिय सेवा प्रदान गर्नेछ भन्ने अपेक्षा लिएका छौ । ल्याबको सानो गल्ती भएमा मानिसको ज्यानसम्म गएका कतिपय घटनाहरु छन् । ल्याबले दिएको रिपोर्टको आधारमा डाक्टरले औषधि लेखेको हुन्छ यदि रिपोर्ट सहि नभएमा दिएको औषधि समेत गलत हुन सक्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!