राष्ट्रिय समाचारसमाचारसूचना प्रविधि

काठमाडौंमा विज्ञान तथा प्रविधि सम्मेलन शुरु

१६ चैत, काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)द्वारा आयोजित सातौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौमा आजदेखि शुरु भएको छ । काठमाडौंको याक एन्ड यती होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गर्नुभयो । यस पटकको सम्मेलनको मूल नारा Science, Technology and Innovation for Nepal’s’   Graduation to Developing Country Status भन्ने रहेको नाष्टले जनाएको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, चीन सहित विभिन्न १० मुलुकका करिब १००० वैज्ञानिकहरूको सहभागिता रहनेछ भने  ५६ वटा प्राविधिक सत्र सञ्चालन गरी ६०८ वटा वैज्ञानिक/प्राविधिक कार्यपत्र प्रस्तुत गर्ने नाष्टका उपकुलपति प्रा. डा. जीवराज पोखरेलले जानकारी दिए । प्राविधिक सत्रहरु भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण सम्बन्धी प्रविधिमा केन्द्रीत हुने बताए ।

सम्मेलनमा भारतको जवाहरलाल नेहरु सेन्टर फर एड्भान्स्ड रिसर्चका वैज्ञानिक प्रा. डा. सीएनआर राओ र चीनको चाइनिज एकेडेमी अफ साइन्सेजका अध्यक्ष प्रा. डा. बाइ चुन्ली पनि सहभागी छन् । उनीहरुले मुलुकको विकासमा विज्ञान प्रविधिको भूमिका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ । नाष्टले २०४५ सालयता हरेक चार वर्षको अन्तरालमा राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन गर्दै आएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!