जीवन-दर्शन

सफलताका १० सुत्रहरु

१. आफ्नो लक्ष्य निर्धारण गर्नुहोस र सधै त्यसमा कठिबद्द भएर लाग्नुहोस् ।

२. डरलाई सधैभरी जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुवी र दक्षता नै छैन, म अरु जस्तो छैन भन्ने भावनालाई आजैदेखि टाढा राख्नुहोस् ।

३. धैर्यशिल रहनुहोस् । एकरात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

४. धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नु छ भने त्यसलाई तरुन्तै सम्पन्न गर्नुहोस् ।

५. सधै खुल्ला सोच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नहोस् ।

६. सफल व्यक्तिको जीवनीबाट पाइने एउटा ज्ञान भनेको बलिदान हो । त्यसैले केही ठूलो पाउन स-साना कुरा गुमाउनपर्छ भने नडराउनुहोस् । त्यस्तै टिभी, इन्टरनेट, अनावश्यक घुमघाम र खराब बानीबाट टाढा बस्नुहोस् ।

७. आफू सही बाटोमा छु कि छैन भनेर सधैभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरेपनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

८. लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बांकी छ  भन्दा पनि कति बाटो हिडिसके भनेर सधैभरी ख्याल राख्नहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउँछ भने अर्कोतर्फ लक्ष्यमा पुग्न थप उर्जा र प्रेरणा दिन्छ ।

९. मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसँग भएको पैसा सधै सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

१०. सधैभरी आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको मांझमा मात्र बस्नुहोस् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!