साहित्य-कला

माल्दिभ्सबाटै प्रवासी नेपालीहरुले बनाए उत्कृष्ट म्यूजिक भिडियो हेर्नुहोस

काठमाडौं, चैत १० गते । माल्दिभ्सबाटै प्रवासी नेपालीहरुले बनाए उत्कृष्ट म्यूजिक भिडियो हेर्नुहोस ! बैदेशिक रोजगारीको शिलशिलामा प्रबाशमा रहेका नेपालीहरुले उत्कष्ट म्युजिक भिडयो निर्माण गरेका छन् । कास्की, नवलपरासी, पाल्पा, रुपन्देही, लगायतका जिल्लामा स्थायी घर भएका उनीहरु हाल माल्दिभ्समा रहेर भएपनि आफ्नो रोजगारी संगसंगै कलाकारिता क्षेत्रलाई पनि अगाडी बढाईरहेका छन् । मुना थापा मगरको पहिलो प्रस्तुतिमा रहेको ” कठै मेरो कर्म ” लाङ्घाली म्यजिकबाट भर्खरै मात्र बजारमा आएको एसपी राना मगर र टीका पुनको स्वरमा रहेको लोक गीतको म्युजिक भिडियो उनीहरुले नै माल्दिभ्सका विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरेका हुन् । छोटो समयमा युट्युवमा धेरैले रुचाएको यस म्युजिक भिडियोको निर्माण पक्ष निकै सबल रहेको दर्शकहरुको प्रतिकृया छ । उक्त म्युजिक भिडियोका निर्देशक तथा छायांकन खेम सारु मगरे आफुले गीतको भाव अनुसारको निर्देशन गर्ने गरेको बताउनुभयो । प्रवासमा पनि निकै प्रतिभाशाली कलाकारहरु रहेको भन्दै उहाँले यस गीतमा अभिनय गर्ने कलाकारहरुको अभिनयको खुलेरै प्रशंसा गर्नुभयो ।

उक्त म्यूजिक भिडियोमा रियान सारु, सपना सुनार, आश गुरुङ, अभिनय गरेका छन् । रियान सारु मगरले अरु म्याजिक भिडियो भन्दा निकै मार्मिक रहेएको बताउँदै आफूहरुको सानो प्रयासलाई नेपाली स्रोता दर्शकले रुचाउनेमा समेत बिश्वास ब्यक्त गर्नुभयो । साथै मोडेल सपना सुनारले नेपाली गीत संगीतमा यस गीतमा जस्तो रमणीय दृष्य अन्य गीतहरुमा कमै मात्र प्रयोग हुने भएकाले एकचोटी म्युजिक भिडियो हेर्न सबैलाई आग्रह गर्नुभयो । यस्तै गीतका शब्द संगीत मुना थापा मगरले गीतको शब्दलाई न्याय गर्ने गगरी भावअनुसार वियोगान्त किसिमको म्युजिक भिडियो बनेकाले अन्य गीतहरुको तुुलनामा यो म्यूजिक भिडियो फरक भएको बताउनुभयो ।

 भिडियो हेर्नुहोस ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!