खानपान

दशैंमा मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु

अब हेर्दाहेर्दै दशैं आयो । दशैं हिन्दूहरुको सबैभन्दा ठूलो चाड हो । ठूलाबडा, मान्यजनको हातबाट रातो टीका, आशीर्वाद थाप्ने र मिठोमसिनो खाने पर्वका रूपमा यसको चिनारी रहँदै आएको छ । दशैं भन्ने बित्तिकै मासुको कुरा पनि आइहाल्छ । दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् । मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता हाम्रो शरीरका लागि एकदमै अति आवश्यक तत्व पनि पाइन्छन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । दशैंमा मासु खाँदा धेरै कुरामा ध्यान दिनुपर्छ ।

यदि हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहन्छ । तर, आवश्यकभन्दा बढी खाएमा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । यस पर्वमा ऋण काढेर भए पनि नयाँ लुगा लगाउने र मासुका लागि सिँगै खसी ढाल्ने होडबाजी नै चल्छ । दशैंमा मासुका परिकारको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ ।

दशैंका लागि खसीबोका किन्दा नै हामीले केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बस्ने, फनफनी घुम्ने खसी बोका किन्नु हुँदैन । यस्ता लक्षण खसीबोका बिरामी भएको बेला देखाउने गर्छन् । अहिले काठमाडौं भित्रने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रङ दलिदिने गरिएको छ ।

सिङमा हरियो रङ पोतिएका खसी बोका स्वस्थ हुन् भने रातो रङ दलिएका खसी बोका अस्वस्थ हुन्छन् । दुई–चार सयको लोभमा अस्वस्थ खसी बोका किनेर ल्याउँदा आफै भोलि बिरामी हुने खतरा बढी रहन्छ । त्यसपछि हामीले खसीबोकाको वध गर्नेदेखि लिएर मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुरामा पनि केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिन्छ ।

स्वस्थ्य मासु कसरी छान्ने? 

  • मासु हलुका गुलाबी रङको हुन नहुने
  • मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुने
  • मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुन नहुने
  • मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको हुनुपर्ने
  • मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु नहुने
  • मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरीका, तराजु सफा भए नभएको हेर्नु पर्ने

मासु खाँदा ध्यान दिनुपर्ने विषय

  • फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो
  • बासी तथा खुला स्थानमा राखेको मासु नखाने
  • काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा नखाने
  • पोलेका मासु ९सेकुवा, हाकु छोइला आदि० सकेसम्म नखाएकै राम्रो ।
  • राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने
  • विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने
  • बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने

मासु भण्डारण गर्ने तरीका

मासुलाई अन्य पाकेका परिकारसँगै फ्रिजमा त्यतिकै राख्नु हुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेण्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ । राम्रा फ्रिजिङका माध्यम पनि छन्, जुन व्यावसायिक संस्थाहरूमात्र हुन्छन् । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन । माथिल्लो भागमा राख्दा मासुमा भएका कीटाणु मासुमै हुुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा आउँदा झर्न सक्छ । तल राखिएका अन्य खाना, पाकिसकेका परिकार, सागसब्जी, शाकाहारीका लागि तयार पारिएका÷छुट्ट्याइएका परिकार, फलपूmल तथा तरकारीमा पर्न सक्ने खतरा हुन्छ । काँचो मासु र पाकेको मासु एकै स्थानमा राख्नु हुँदैन ।

दशैंमा ध्यान दिनुपर्ने कुराहरू

  • घरमा आफैले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने
  • विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने
  • सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने
  • आफन्तकहाँ दैनिक टीका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने
  • मासु खानेबित्तिकै आइसक्रिम, दही, क्रिमका परिकार नखाने
  • दैनिक व्यायाम गर्ने
  • आफू स्वस्थ नभएको महसूस भएमा माछामासुको प्रयोग गर्दै नगर्ने
  • सुरक्षित उपाय अपनाएर भण्डारण गरे–नगरेको आफैले निरीक्षण गरेर मात्र खाने
  • आफूलाई मासुसम्बन्धी भएको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने

साभार : पिस पोखरा डट कम

यो पनि पढ्नुहोस्

दशैँ आउदैछ, मासु खाँदा होशियार रहनुहोस्

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!