अन्तर्राष्ट्रिय समाचार

सन् २०१६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

असोज २०, २०७३। सन् २०१६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका जा पिएरे साभेज, बेलायतका जे फ्रेजर स्टोडार्ट र नेदरल्यान्डका बर्नाड फेरिङ्गा तीन वैज्ञानिकलाई संयुक्त रूपमा दिईने भएको छ । सुक्ष्म अणु विकास गर्ने यन्त्रको निर्माण गरी भविष्यमा कृत्रिम मांसपेशी निर्माण गरी रोबोट वा कृत्रिम अङ्ग बनाई प्रयोगमा ल्याउन सक्ने अवस्था सिर्जना गरेको योगदानको कदर गर्दै प्रदान गरिने भएको समितिले जनाएको हो ।

अणु यन्त्रले नयाँ सुक्ष्म पदार्थको निर्माण गर्ने, ज्ञानेन्द्रियको संवेदनशीलतालाई महसुस गर्ने र शक्ति सञ्चय प्रणालीलाई विकास गर्न मद्दत गर्ने जनाइएको छ ।  अति साना उपकरणहरूको विकास गरी  अणुको तहमा उपकरणहरूको डिजाइन गरेका छन् । यी उपकरणहरू एउटा रौंभन्दा हजारौं गुणा साना हुने रसायनशास्त्रीत्रयको मत छ । यी उपकरणले सिधै मानव सेलमा औषधि पुर्‍याउन सक्छन् । खास गरी क्यान्सर सेल मार्नका लागि यसको प्रयोग हुन्छ । यस किसिमको लघु प्रविधिलाई अन्य किसिमका प्रयोजनमा पनि लगाउन सकिन्छ ।

पुरस्कारको घोषणा भएपछि प्राध्यापक फेरिन्गाले आफूलाई पत्यार पर्न गाह्रो भएको, अनि भावुक पनि भएको बताए । तीन जना वैज्ञानिकलाई ८० लाख स्वीडेनी क्रोनर अर्थात् करिब आठ लाख ३२ हजार युरोको पुरस्कार रकम प्रदान गरिने छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!