अन्तर्राष्ट्रिय समाचार

सन् २०१६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जापानी प्राध्यापकलाई

असोज १७, २०७३ । सन् २०१६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार जापानको टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीको प्राध्यापाक योसिनोरी ओसुमीलाई दिईने भएको छ । उनले शरिरको कोषहरुको पुनर्निर्माण वा क्षय हुने प्रक्रियाको खोज गरे वापत उनलाई नोबल पुरस्कारबाट सम्मानित गर्न लागिएको पुरस्कार समितिले जनाएको छ ।

‘ओसुमीको खोजले कोषले कसरी आफ्नो पुनर्निर्माण गर्छ भन्ने तथ्यलाई नयाँ आयाम दिएको छ,’ पुरस्कार समितिले भनेको छ, ‘उक्त खोजले शरिरले भोकै बस्नुपर्दा कसरी सन्तुलन बनाउँछ वा कुनै संक्रमणसँग कसरी लड्छ भन्ने जस्ता धेरै तथ्यहरुको उजागार गरिदिएको छ ।’

उनले अटोफेजीमा महत्वपूर्ण अनुसन्धान गरेको र उनको अनुसन्धानले क्यान्सर एवम् पार्किन्सनका बिरामीहरुको उपचारमा सघाउ पुग्ने बताइएको छ । अटोफेजी मानव शरीरमा काम नलाग्ने कोषहरु नाश गर्ने संयन्त्र हो । चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार हरेक वर्ष सबैभन्दा पहिला घोषणा गरिने गरिन्छ । उक्त पुरस्कारको राशी लगभग ९ लाख ३३ हजार डलर रहेको छ ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!