साहित्य-कला

नयाँ क्रान्तिको शुरुवात

आमा म फर्किदै छु

एउटा महान युद्ध जितेर

क्रान्तिको गाथा बोकेर

देशमा शान्तिको लागि

धेरै संघर्ष गरे परिवर्तनको नारा लगाए

बीच सडकमा गएर चिच्याएँ

आन्दोलन गरे जुलुसमा सहभागी बने

यतिखेर युद्धको भुमीबाट बोलिरहेको छु

अब,

यहाँ शान्तिको घोषणा भयो

दुक्कसँग शान्तिको श्वास फेर्न सक्छौ

हेर त त्यो पारी डाँडाबाट

झलमल बत्ति बलिरहेको छ

झन्डा फरफराइरहेको छ

सुर्य र  चन्द्र भएको

त्यो मेरो देश हो

मेरो निमित्त स्वाभिमान हो

त्यसैले म फर्किदैछु

शान्तिको समाचार बोकेर

पल्लो घरको दिदीलाई भने हुन्छ

हल्ला गरे हुन्छ गाउँघरमा

छोरोले युद्ध जित्यो नयाँ क्रान्तिको

सुर्यले पनि नयाँ बिहानीको

सङ्केत दियो दिदीबहिनी दाजुभाईमा

विश्वबन्धुत्व भावना बढेर गयो

यो बेला सबैले खुसीले

उत्सव मनाइरहेका हाँसीरहेका देखिन्छन्

आमा म फर्किदैछु

नयाँ दिन देख्नको लागि

नयाँ क्रान्ति भएको हेर्नको लागि

म यहाँनेर उद्घोष गर्दैछु

नयाँ क्रान्तिको सुरुवात भयो ।।

*अमित संग्रौला झापाको बिर्तामोडमा बसेर कलम चलाउने यूवा लेखक तथा साहित्यकार हुन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!