राजनीति

लोकतन्त्र र वर्तमान राजनीति

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

वदलिदो परिस्थिति आज देखिएको छ । जनताले लोकतन्त्रको अनुभुति लिन सकिरहेका छैनन् । लोकतन्त्र भनेको के हो ? लोकतन्त्रको शासन व्यवस्था कसको लागि हो ? हिजो पंचायती व्यवस्थामा महंगी थिएन् तर अहिले सवै उल्टो परिपाटी देखिएको छ । के लोकतन्त्र भन्नाले छिमेकीको उत्पादन खानुपर्ने उनीहरुको गुणगान मात्र गाउनुपर्ने हो र ?

के परनिर्भरले नेपालीको उत्थान सम्भव छ ? हामीले के चाहेर लोकतन्त्र ल्याएका थियौँ ? यसतर्फ शायद कसैको ध्यान पुगे जस्तो मलाई लाग्दैन । लोकतन्त्र बाहली भएदेखि नेपालका सवै उद्योग समाप्त पारिए विदेशीलाई व्यापार गर्न खुला छुट दिइयो । बजारमा नेपाली सामान होइन विदेशी सामानले दोकान भरिए ।

विकास भनेको के हो ? के युवालाई पलायन बनाउने उद्धेश्य नै लोकतन्त्रको प्रमुख एजेन्डा थियो ? यदि थिएन भने बन्द उद्योगतर्फ किन ध्यान पुग्न सकेन ? नेपाली उत्पादन बाहिर गएमा डलर भित्रने अवसर बढी थियो । यसले देशको आर्थिक उन्नति क्रमश: बढ्ने थियो । गाउँ-गाउँमा सरकार भन्दा गाउँ-गाउँमा उद्योग स्थापनातर्फ सबैको ध्यान पुग्न सकेको भए शायद आज कोही बेरोजगार रहने थिएनन् ।

यहाँ एक बोतल रक्सी र एक प्लेट मासुमा मानिस बिकेको उदाहरण हेर्न सकिन्छ । आखिर किन यस्तो भयो नेपाल ? पैसाको लागि धर्म परिवर्तन गरिएको छ । लोभ लालच बढ्दो छ । सबैलाई राजा बन्न इच्छा छ, यसैलाई भन्दा रहेछन् लोकतन्त्र । एउटा उखान छ नाँच्न नजान्ने आगन टेडो भनेझै के नाँच्न नजान्ने कै हो त ?

हामीले सन्तानलाई खाई नखाई बढाएका छौं । यसको उद्धेश्य देशमा नोकरी गरोस् नभई विदेशमा गएर डलर भित्र्याओस् भन्ने मात्र उद्धेश्य रहेको देखिन्छ । मलाई राजनीतिको क ख ग आउदैन तर मलाई केवल जनताको सेवा गर्न मात्रै आउछ । म काम गर्न रूचाउने मान्छे । मलाई २४ सै घण्टा काम गर्न थकाई लाग्दैन तर मेरा नेपाली दाजुभाई किन यतिसारो अल्छी हुदैछन् ।

आफ्नो उत्पादन गर्न सके थोरै भएपनि शरीरबाट पसिना बग्ने थियो । यसले शरीरलाई स्वास्थ्य फाइदा हुने थियो । विदेशीले पठाएको हरेक वस्तुमा विषादी मिलाएको छ वा छैन भन्ने जाँच्ने निकाय मौन छ । यहाँ जनताको स्वास्थ्यप्रति कसैको ध्यान पुग्न सकेको छैन । केहि गर्न चाहना बोकेकाहरूलाई दबाउने प्रयत्न गरिदैछ । राम्रो काममा भन्दा खराब काममा ध्यान जादैछ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

परिवर्तन कुन चराको नाम हो ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

नेपालमा विकास देख्नु मात्र हो केवल दिवा स्वप्न

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!