स्वास्थ्य

साइटिका नर्भको समस्याको लक्षण र उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आज नेपालमा साइटिका नर्भको रोग अधिकांशलाई देखिन थालेको छ । यो रोग कम्मरदेखि तल पैतालासम्म दुख्ने गर्छ । यसको ठोस कारण भनेको Sciatica Nerve मा असर हुनुको प्रमुख कारणले गर्दा यस्तो दुखाई हुने गर्दछ । यो रोगलाई Lumbar Radiculopathy नामले पनि जान्न सकिन्छ । Sciatica हाम्रो शरीरको सवैभन्दा लामो Nerve हो । आजकाल गलत खानपिनको कारणले गर्दा यो रोग लागेको पाइन्छ । यो रोगको लक्षण मैले पहिलै भनि सकेको छु ।

यस्तो छ यो रोगको प्रमुख कारण

१. Lumbar Spinal Stenosis : कम्मरदेखि तल्लो भाग मेरूदण्ड(Spinal Canal) सानो हुनाले यो समस्या पैदा भएको हुन सक्छ । यो रोग पत्ता लगाउन X-Ray Lumbo Sacral Spine AP / Lateral view, MRI, CT Scan, Electromyogram द्वारा पत्ता लगाउन सकिन्छ ।

उपचार

१. यो रोगको उपचार Diclofenac, Aceclofenac, Eterocoxib, Tramadol जस्ता औषधि दिएर उपचार गरेको पाइ्छ भने मसल रिल्याक्स गर्न निम्न औषधि Baclofen, Chlorzoxazone, Metaxalone, Tizanidine, Thiochochicoside जस्ता दिएको हुन्छ । यस्ता औषधि खादा ग्याष्टिक नहोस् भन्नाका लागी Rabeprazole, Ranitidine, Pantaprazole दिने गरेको हुन्छ ।

२. साइटिका नर्भको कारणले पैतालामा काडा गडे जस्तो वा बिजाए जस्तो हुने समस्या देखिएमा भिटामिन Methylcobalamin, Gabapentin, Alpha Lipoic acid, Vitamin E आदि औषधि दिने गरिन्छ । यस्ता खालको रोगमा भिटामिन डि को कमि हुनाले Vitamin D साथ दिनाले यो समस्या चाँडो हल हुन सक्छ भनेको छ ।

३. साइटिका रोग यदि औषधि उपचारबाट ठिक नभएमा Surgery गर्नुपर्ने हुन सक्छ ।

४. Physiotherapy for Sciatica : साइटिका पेनको रोगमा Physiotherapy बाट चाँडो निको हुन सक्ने केहि केसमा देखिएको छ ।

५. Acupuncture for Sciatica : आधुनिक विज्ञानले साइटिकाको उपचार सवैभन्दा राम्रो Acupuncture लाई मानेको छ । योग्य Acupuncturist को रेखदेखमा उपचार गराउदा ठिक हुनेछ ।

नोट : साइटिका रोग अलि कडा खालको हुने हुनाले डाक्टरको परामर्श लिएर उपचार गराउदा चाँडो निको हुन सक्छ ।

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

नङमा हुने फंगस रोगको सफल उपचार

कान पाक्ने रोग र यसको उपचार

औषधि सेवनमा ध्यान दिनुपर्ने कुरा

एन्टीबायोटिक्स भनेको के हो ?

एन्टीबायोटिक्स एमोक्सिसिलिन र यसको प्रयोग

निमेसुलाइड टेब्लेट (Nimesulide Tablet) र यसको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!