खानपानहेल्थ टिप्स

ब्रोकाउली र यसको उपयोगिता

डा. राम बहादुर बोहरा

डा. राम बहादुर बोहरा

ब्रोकाउली मानव स्वास्थ्यका लागि अति नै महत्वपूर्ण औषधि मानिएको छ । यसको सेवनले क्यान्सर हुनबाट रोक्न सक्ने दाबी गरिएको छ । हाम्रो करेसाबारीमा सजिलै फलाउन सकिने ब्रोकाउली यति ठूलो औषधि रहेछ तर कतिपय परिवारमा ब्रोकाउली मन नपराउने देखेको छु ।

प्रकृतिले जसरी हामीलाई जन्म दिएको छ त्यसरी नै हामीलाई रोगसंग लड्ने क्षमता भएको औषधि तरकारीको रूपमा प्रदान गरेको छ । कुनैपनि तरकारी विषादी मल किट्नाशक औषधि हालेर बनाएको छ भने त्यसमा तरकारीले हाम्रो स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ र त्यस्ता विषादी हालेको तरकारीमा किरा लाग्दैन ।

यो पनि पढ्नुहोस्

भुइँकटहर (Pineapple) र यसको उपयोगिता

गाईको दुध र यसको उपयोगिता

बेसन र यसको उपयोगिता

बेसार र यसको उपयोगिता

प्याज र यसको उपयोगिता

जामुन र यसको उपयोगिता

ल्वाङ र यसको उपयोगिता

हामीले तरकारी खरिद गर्दा यस्तो कुरामा राम्रो ध्यान पुर्याउनु पर्दछ । स्वास्थ्यको दृष्टिकोणले त्यस्ता वस्तुको सेवन गरौं जसले मानव स्वास्थ्यमा राम्रो प्रभाव पार्न सकोस । रोग लाग्नुको पछाडि हाम्रो खानपिनको ठूलो हात छ । यदि हामीले स्वास्थ्यलाई ध्यानमा राखेर खाना खाने बानी बसाल्न सक्छौं भने कुनै पनि रोगले हामीलाई नछुन सक्छ ।

ब्रोकाउली खानाले वा दल्नाले क्यान्सर रोग निको हुने होइन यो त ब्रोकाउलीमा हुने प्राकृतिक औषधिको प्रभाव हो । मानव स्वास्थ्यमा ब्रोकाउली जस्ता अनेको तरकारीहरू छन जसको सहि प्रयोग गर्ने जानकारी पब्लिकलाई हुन सके के खाने के नखाने भन्ने कुरा थाहा पाउन सके निरोग हुन ठूलो मद्दत पुग्ने थियो ।

ब्रोकाउली खादैमा क्यान्सर रोग निको हुने भए किन क्यान्सर हस्पिटल धाउनुपर्ने थियो एउटा कुरा हामीले बुझ्न आवश्यक के छ भने यस्ता वस्तुको सेवन गर्नाले हामीलाई रोगसंग लड्ने शक्ति प्रदान गर्दछ । क्यान्सर पनि एक प्रकारको जटिल रोग हो । यो पनि कमजोर शरीरमा प्रवेश गर्दछ र बिस्तारै-बिस्तारै खुनी पन्जा पुरै शरीरमा फैलाउन थाल्दछ । एउटा कम्जोर मानिस समाजमा जति अपहेलित हुन्छ त्यति धनी र सम्पन्नशाली मान्छे हुदैन ।

Like & Follow us on Facebook

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!