विज्ञानविज्ञान जिज्ञासा

के हो क्वान्टम थ्योरी (Quantum Theory) ?

Gopal Bhandari
गोपाल भण्डारी

के हो क्वान्टम थ्योरी (Quantum Theory) ? आजको युग विज्ञान तथा प्रविधि युग हो । विज्ञान तथा प्रविधिमा हरेक दिनजसो नयाँ नयाँ आविष्कार हुनु नौलो कुरा रहेन किनकि सूचना प्रविधिको विकासका कारण पनि नयाँ आविष्कारको विकास विश्वभर फैलन रत्तिभर पनि लाग्दैन । भौतिकशास्त्रको क्वान्टम सिद्धान्तमा आधारित भई विकास गरिएको क्वान्टम कम्प्युटिङ मेसिनले अहिले विश्वभर उपलब्ध प्रविधि क्षेत्रका सुपर कम्प्युटरको तुलनामा २४ हजार गुणाले तीव्र गतिमा काम गर्छ । विश्वभरबाट नयाँ तथ्य आउँछन्, जसले अनुसन्धानको नतिजा समयभन्दा छिटो पनि आउन सक्छन् । यस्तै अनुसन्धानको विषय हो, सूचना प्रविधि क्षेत्रको र यो क्षेत्रमा हालसम्मकै ठुलो उपलब्धि हात लागेको छ । जसको नाम हो ‘क्यान्टम कम्प्युटिङ’ ।

क्वान्टम थ्योरी (सिद्धान्त) आधुनिक भौतिकी (फिजिक्स) मा आधारित सिद्धान्त हो । यसले प्रकृति एवं वस्तुको व्यवहार र आणविक तथा उपआणविक तहमा ऊर्जाको विषयमा व्याख्या गर्छ । प्रकृति एवं वस्तुको व्यवहार र ऊर्जालाई त्यो तहमा कहिलेकाहीँ क्वान्टम भौतिक र क्वान्टिम मेक्यानिक्सको रूपमा बुझिने गरिन्छ । सन् १९०० मा भौतिकशास्त्री म्याक्स प्लान्कले जर्मन फिजिकल सोसाइटीमा आफ्नो क्वान्टम सिद्धान्त प्रस्तुत गरेका थिए । प्लान्कले कुनै चम्किलो वस्तु रातोबाट सुन्तले रङ्गमा कसरी विकिरण भएर (रेडिएसन) भएर जान्छ र अन्तमा नीलोमा भएर जान्छ, जतिखेर तापक्रम बढ्छ, त्यसको कारण पत्ता लगाउन खोजेका थिए ।

ऊर्जा हरेक एकाइहरूमा अवस्थित रहन्छ जसरी वस्तुले काम गर्छ भन्ने प्रस्थापना राख्दै उनले पत्ता लगाए । यो प्रस्थापना अघि इलेक्ट्रोम्याग्नेटिक तरङ्ग एक अचर हुन्छ भन्ने प्रस्थापना थियो । आफ्नो प्रश्नको खोजीका लागि उनले गरेको प्रयत्न गरे । यी एकाईहरूको अस्तित्वलाई पहिलो क्वान्टम थ्योरीको प्रस्थापनाको रूपमा बुझियो ।

यो पनि पढ्नुहोस्

के हो विज्ञान ?

के हो प्रविधि ?

प्रकाशको विद्युतीय प्रभाव भनेको के हो ?

इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनलाई ब्रम्हा, विष्णु र महेश्वरसँग तुलना

प्लानकले ऊर्जाका हरेक एकाईहरूलाई दर्साउन एक गणीतिय समीकरणको विकास गरे । जसलाई उनले क्वान्टा भने । यो समीकरणले त्यसलाई राम्ररी व्याख्या गर्छ । प्लान्कले निश्चित बेग्लाबेग्लै तापक्रमको स्तरमा कुनै चम्किलो वस्तुको ऊर्जाले रंगपुञ्जका विभिन्न क्षेत्रलाई ग्रहण गर्छ भन्ने विषय पत्ता लगाए । प्लान्कले परिकल्पना गरे कि क्वान्टाको खोजबाट अझ सिद्धान्तको उदय हुनेछ । यसले प्रकृतिको नियमलाई बुझ्न पूर्णरूपमा नयाँ तथा मौलिक बुझाइलाई विकास गर्नेछ । प्लान्कलाई १९१८ मा भौतिक पुरस्कारबाट सम्मानित गरियो । यसै सिद्धान्तलाई पछिल्लो सफलताले कम्प्युटिङमा प्रयोग गर्ने बाटो खोलेको छ ।

क्वान्टम सुपरमेसीको क्षेत्रमा बोसोन स्याम्पलिङ क्वान्टर कम्प्युटर मोडल एक मध्यक्रमको क्वान्टम कम्प्युटर हो । यसले उल्लेख्य ध्यान केन्द्रित गरेको छ । युनिभर्सल अप्टिकल क्वान्टर कम्प्युटरहरू निर्माण गर्नुको तुलनामा यसलाई थोरै भौतिक स्रोतहरूको खाँचो हुन्छ । क्वान्टम सुपरमेसीको क्षेत्रमा बोसोन स्याम्पलिङ क्वान्टर कम्प्युटर मोडल एक मध्यक्रमको क्वान्टम कम्प्युटर हो । यसले उल्लेख्य ध्यान केन्द्रित गरेको छ । युनिभर्सल अप्टिकल क्वान्टर कम्प्युटरहरू निर्माण गर्नुको तुलनामा यसलाई थोरै भौतिक स्रोतहरूको खाँचो हुन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!