हेल्थ टिप्स

कस्ता रोगीले के खाने ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हिजोआज धेरैजसो मानिस आफ्ना खानाको बारेमा सचेत हुने गरेका छन् । के खाने, के नखाने भन्ने विषयमा चर्चा परिचर्चा गर्छन् । शरीर स्वस्थ राख्नको लागि खानाले निकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ, हरेक मान्छेले आफ्नो ‘डाइट’मा विशेष ख्याल राख्नुपर्छ । स्वास्थ्यबद्र्धक खाना खान सके मात्रै विभिन्न खालका रोगबाट बच्न सकिन्छ । कुन रोगका कस्ता रोगीले के खाने भन्ने कुरा तल प्रस्तुत गरिएको छ ।

१. उच्च रक्तचाप

अंगुर, टमाटर, तरबुजा, केरा, नास्पाती, बन्दा, कागती, कांक्रो

२. रगतको कमी

अनार, गोलभेडा, सुन्तला, अंगुर, स्ट्रबेरी, गाजर, अंजीर, आरुबखडा

३. उच्च कोलेस्ट्रोल

आँप, ओखर, जामुन, सुन्तला

४. मुटुको रोग

केरा, भुइंकटर, तरबुजा, नास्पाती

५. कलेजोको विकार

मेवा, कागती, अंगुर, गोलभेडा, काँक्रो

६. मधुमेह

गोलभेडा, तरबुजा, नास्पाती, अमिला फलफूल, अम्बा

७. खोकी

अंगुर, स्ट्रबेरी, नास्पाती, भुँइकटर, कागती, सुन्तला

८. दाँतको रोग

अंगुर, स्ट्रबेरी

९. कम्मर दुखाई

तरबुजा, नास्पाती

१०. मोटोपना

कागती, सुन्तला, अंगुर, भुँइकटर, मेवा, बन्दा, गोलभेडा

११. बुढ्यौलीपन रोक्ने उपाय

कालो अंगुर, अमला, अंगुर, गोलभेडा

१२. दम

सुन्तला, नास्पाती

१३. अनुहारमा मुसा

आँप, अंगुर, सुन्तला, तरबुजा, स्ट्रबेरी

१४. जन्डिस

कागती, नास्पाती, अंगुर, काँक्रो, मेवा

१५. मृगौलाको रोग

कागती, सुन्तला, काँक्रो

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

कुन रक्त समूहका मान्छेले के खाने, के नखाने ?

कपाल झर्न नदिन के खाने ?

जाडो मौसममा खाने खानेकुराहरु के के हुन् ?

कुन खाने कुरासंग के मिसाएर खानु हुँदैन ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!