ज्योतिषशास्त्र

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् मानिसको स्वभाव र भविश्य

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् मानिसको स्वभाव र भविश्य ! तपाईले ज्योतिषशास्त्र तथा हस्तरेखा विज्ञानको बारेमा पढेको अथवा सुनेको हुनपर्छ तर के तपाईले कहिल्यै आफ्नो नाममा विचार गर्नुभएको छ ? कयौँ प्रसिद्ध अभिनेता, लेखक तथा संगीतकारले सफलता पाउनको लागि आफ्नो नाम परिवर्तन गरेका छन् । हरेक व्यक्तिमा उसको नामको प्रभाव अवश्य पर्छ किनकि अक्षरको समेत आफ्नो ऊर्जा तथा त्यसबाट जोडिएको गुण हुन्छ ।

तपाईको नाम कुन अक्षरबाट सुरु हुन्छ त्यसबाट तपाईको आफ्नो स्वभाव, व्यक्तित्व र भविश्य को बारेमा धेरै नै कुरा पत्ता लगाउन सकिन्छ । तपाईंको नामले तपाईंको व्यक्तित्वलाई परिभाषित गर्ने गर्दछ । कहिले काँही त तपाईंको नामले तपाईंको भाग्यलाई प्रतिबिम्बित समेत गर्ने गर्दछ ।

नामले निकै प्रभावशाली ढङ्गले तपाईंको व्यक्तित्वलाई प्रभावित गर्ने गर्दछ । तपाईंको नामको पहिलो अक्षरले बताउँछ कि तपाईं कुन प्रकारको व्यक्ति हुनुहुन्छ र तपाईं आफ्नो जिन्दगीमा के-कस्ता कुराको सामना गर्न सक्नुहुन्छ । नाममा त्यो शक्ति हुन्छ जसले तपाईंको जीवनलाई आकार लिनमा मद्दत गर्दछ । आउनुहोस्, तपाईंको नामको पहिलो अक्षरको के अर्थ हुन्छ थाहा पाऔँ ।

A

यदि नामको पहिलो अक्षर A बाट सुरु हुन्छ भने यस्ता व्यक्तिहरु आकर्षक हुने गर्दछन् । सम्बन्ध र मायालाई निकै महत्व दिने यिनिहरु रोमान्टिक भने पटक्कै हुँदैनन् । यस्ता व्यक्तिहरु बिस्तारै सफल हुने गर्दछन् र एकचोटी सफलता पाइसकेपछि शीर्ष स्थानमा पुग्ने गर्दछन् ।

B

अक्षर भएका मानिसहरु निकै हिम्मती हुने गर्दछन् त्यसकारण यो नामका मानिस सेना वा कुनै जोखिमपूर्ण क्षेत्रमा आफ्नो करियर बनाउने गर्दछन् । यस्ता मानिसहरु निकै रोमान्टिक हुने गर्दछन् । उनीहरुको ‘मूडी’ र बोल्ने स्वभावका कारण उनीहरुलाई मानिसहरु घमण्डी भन्ने गर्दछन् । यस्ता मानिसहरुको धेरै साथी हुँदैनन् र यदि भए भने पनि जीवनभर दिगो भएर बस्ने गर्दछन् ।

C

यस्ता व्यक्तिहरु निकै मिलनसार हुने गर्दछन् । यिनीहरुलाई स्पष्ट बोल्न मनपर्दैन र कसैको मन दुखाउन पनि चाँहदैनन् । यिनिहरुलाई मायामा निकै विश्वास लाग्ने गर्दछ । हेर्दा निकै राम्रा हुने यिनीहरु आफ्नो करियरमा निकै सफल हुने गर्दछन् ।

D

यी व्यक्तिहरु आफैँ बनेका मानिसमा गनिन्छन् । यिनीहरुमा सरस्वती र लक्ष्मी दुबैको कृपा परेको हुन्छ । यिनिहरुसँग यदि तपाईं बस्नुहुन्छ भने तपाईंले केहि नयाँ कुरा सिक्ने मौका पाउनुहुन्छ । तर आफ्नो जिद्दी प्रकृतिका कारण मानिसहरु यिनीहरुलाई घमण्डी भन्ने गर्दछन् ।

E

यस्ता व्यक्तिहरु निकै बोल्ने गर्दछन् र निकै रमाइलो व्यक्तित्वका हुन्छन् । जिन्दगीलाई निकै सजिलो तरिकाले जिउने मन पराउने यिनीहरु धेरै चिन्ता गर्दैनन् । यस्ता व्यक्तिहरुसँग आफूले चाहेको जत्तिकै शिक्षा, व्यवसाय र पैसा हुने गर्दछ । यिनिहरु सधैँ खुसी हुने गर्दछन् ।

F

नामको अगाडि यो अक्षर भएका मानिसहरु निकै दयालु हुने गर्दछन् । यिनीहरु आफ्नो सबै काम निकै मन लगाएर गर्ने गर्छन् । यिनिहरु निकै सहयोगी, आकर्षक र रोमान्टिक हुने गर्दछन् ।

G

यस्ता मानिसहरु सफा मनका र सिधा बिचारका हुने गर्दछन् त्यसकारण यिनीहरुलाई धेरै मानिसहरुले धोका दिने गर्दछन् । यिनिहरु कहिले पनि आफ्नो गल्ती दोहोराउँदैनन् बरु यसलाई लिएर अगाडि बढ्ने गर्दछन् र यसमा उनीहरु सफल पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुको धेरै साथी हुँदैनन् र यिनीहरुलाई शान्त ठाउँमा बस्न मनपर्छ । निकै आत्मविश्वासी हुने यिनीहरुलाई जब रिस उठ्छ तब उनीहरु के गर्छन्, उनीहरुलाई नै थाहा हुँदैन । यिनीहरुलाई कम बोल्ने मानिसहरु मनपर्छ ।

H

यस्ता व्यक्तिहरु संकोची र संवेदनशील हुने गर्दछन् । यिनीहरुलाई रहस्यमयी पनि भन्ने गरिन्छ किनभने यिनीहरु आफ्नो कुरा कसैलाई पनि बताउँदैनन् । यिनीहरुलाई आत्मसम्मानको निकै चिन्ता हुने गर्दछ र दिमाग निकै तेज हुने गर्दछ । यिनीहरु राजनितिक वा प्रशासनिक क्षेत्रमा देखा पर्ने गर्दछन् । यिनीहरु आफ्नो पैसा आफ्ना लागि मात्र खर्च गर्ने गर्दछन् ।

I

यस्ता व्यक्तिहरु निकै हिम्मती हुने गर्दछन् र साँचो कुरा भन्नलाई यिनीहरु कहिले पनि डराउँदैनन् । यिनीहरु निकै स्टाइलिस पनि हुने गर्दछन् । यस्ता व्यक्तिहरुले फेसन र रचनात्मक क्षेत्रमा निकै राम्रो काम गर्ने गर्दछन् ।

J

यस्ता व्यक्तिहरु बाहिर जति राम्रा देखिन्छन् भित्रि रुपमा पनि त्यति नै राम्रा हुन्छन् । यिनीहरु आफ्ना पार्टनरसँग निकै इमान्दार हुने गर्दछन् । आफूले भनेको कुरालाई जसरी पनि हाँसिल गर्ने यिनीहरुसँग पैसा, मायाजस्ता चिजहरु निकै धेरै मात्रामा हुने गर्दछ । जसले यी व्यक्तिहरुलाई जीवनसाथीको रुपमा पाउँछ, पाउने व्यक्तिले आफूलाई भाग्यमानी सम्झिँदा पनि हुन्छ किनभने ती व्यक्तिले यस्तो व्यक्ति पाउँदैछ जोसँग सबै कुरा छ ।

K

बोल्दा नसोची बोल्ने यिनिहरु आफ्नो फाइदाको लागि कुनै पनि हदसम्म जान सक्छन् । मानिसहरु यिनिहरुसँग डराउँछन् र आफ्नो कुरा भन्न डराउँछन् । यिनिहरुलाई जीवनमा जोखिम लिन आउँछ । हेर्दा यिनीहरु निकै राम्रा हुने गर्दछन् ।

L

यस्ता व्यक्तिहरु कसैलाई पनि नराम्रो सोच्दैनन् । यिनीहरुलाई खुसी हुन ठूलो कुरा चाहिँदैन । सानो सानो कुराहरुले नै यिनीहरुलाई खुसी बनाएको हुन्छ र यिनीहरु धेरैजसो खुसी नै हुने गर्दछन् । पैसाको कमी कहिले पनि नहुने यी व्यक्तिहरुलाई विशेष व्यक्तिको धड्कन बन्न मनपर्छ ।

M

यस्ता व्यक्तिहरु निकै जिद्दी हुने गर्दछन् । केहि कुरालाई यिनीहरुले समातेको छ भने कहिले पनि छोड्दैनन् । साधारणतया यस्ता व्यक्तिहरु राजनितिमा बढि देखिन्छन् । यिनीहरु राम्रो वक्ता र राम्रो लेखक हुन् । सधैँ गहिरो चिन्तनमा डुबिरहेने यस्ता व्यक्तिहरु र निकै भावुक हुने गर्दछन् ।

N

यिनीहरु कुनै पनि कुरासँग चाँडै नै बोर हुने गर्दछन् । स्वतन्त्र विचारधाराका यी व्यक्तिहरु सधैँ आफ्नो बारेमा मात्र सोच्ने गर्दछन् । संसारका सबै कुरा पाउने इच्छा भएका यस्ता व्यक्तिहरु निकै स्वार्थी पनि हुने गर्छन् ।

O

यस्ता व्यक्तिहरु निकै धूर्त हुने गर्दछन् । यो नाम भएका व्यक्तिहरु निकै आकर्षक पनि हुने गर्दछन् । निकै उर्जावान् यी व्यक्तिहरुलाई धेरै मानिसहरुले मन पराउने गर्दछन् । प्रेम, भावना र सम्बन्धले यिनीहरुको जीवनमा निकै महत्वपूर्ण स्थान ओगटेको हुन्छ त्यसकारण यी व्यक्तिहरु धेरैजसो प्रेम विवाह नै गर्ने गर्दछन् ।

P
यी व्यक्तिहरुलाई आफ्नो इज्जत र मान-सम्मानको निकै ख्याल हुने गर्दछ । यिनीहरु निकै विवेकशील र रचनात्मक हुने गर्दछन् । यिनीहरु आफ्नो जीवनमा छुट्टै नियम लागु गर्दछन् र यसमा कुनै सम्झौता गर्दैनन् ।

Q

यी व्यक्तिहरु कहिले खाली बस्न सक्दैनन् । उनीहरुलाई केहि न केहि गर्नै पर्ने हुन्छ । सानो सानो कुराबाट खुसी हुने यी व्यक्तिहरु आफ्नो छुट्टै संसारमा रमाउने गर्दछन् । यिनीहरु राम्रो जीवनसाथी पनि हुन् । कहिलेकाँही मात्र रिसाउने यी व्यक्तिहरुलाई रिस उठ्यो भने निकै नराम्रो तरिकाले रिसाउने गर्दछन् ।

R

यो अक्षरबाट सुरु हुने नामका व्यक्तिहरु दिमागमा निकै तेज, मनका राम्रा र अरु मानिसहरुको मतलब नराख्ने र कम बोल्ने स्वभावका हुन्छन् । कसले के भनिरहेको छ, के गरिरहेको छ उनीहरुलाई यसमा केहि पनि मतलब हुँदैन त्यसैले यहि कुराले नै उनीहरुको वैवाहिक जीवनमा खटपट ल्याउने गर्दछ ।

S

यस्ता व्यक्तिहरु बहुमुखी प्रतिभाका धनी हुन्छन् । धेरै बोल्ने यी व्यक्तिहरु धेरै आलोचना पनि झेल्ने गर्दछन् । यिनीहरु रहस्यमयी हुने गर्दछन् र आफ्नो कुराहरुलाई स्पष्ट तरिकाले भन्ने गर्दैनन् । आफ्नो माया प्रति निकै सचेत हुने यिनीहरु केहि ठट्टा पनि गर्ने गर्दछन् । आफूसँग भएको पैसा र आफ्नो कुनैपनि सामानहरु कसैलाई पनि सजिलै सँग दिँदैनन् । यिनिहरु निकै कन्जुस हुने गर्दछन् र देखावटी उनीहरुलाई निकै मनपर्छ ।

T

यस्ता मानिसहरु बुद्धिमान हुने गर्दछन् र आफूले माया गर्ने व्यक्तिलाई माया देखाउन सक्दैनन् । आफू खुसी र दुखी भएको कुरा यिनीहरु कसैसँग पनि व्यक्त गर्दैनन् । यिनीहरुले नाम र दाम दुबै कमाउने गर्दछन् ।

U

यी व्यक्तिहरु निकै होसियार र असल स्वभावका हुन्छन् जो अरुलाई खुसी दिने कुरामा विश्वास राख्छन् । यिनीहरु सधैँ हाँसिरहने स्वभावका हुन्छन् तर सफलता ढिलो पाउने गर्दछन् । यिनीहरु बिन्दास स्वभावका हुने गर्दछन् र बच्चाहरु यिनिहरुलाई निकै मनपर्छ ।

V

कसैको रोक–टोक मन नपराउने यस्ता व्यक्तिहरु निकै स्वतन्त्र स्वभावका हुन्छन् । यिनीहरुको मन निकै सफा हुने गर्दछ र सबैको भावनालाई सम्मान पनि गर्ने गर्दछन् । आफ्नो कुराहरु हत्तपत्त यिनीहरु कसैलाई पनि बाँड्ने गर्दैनन् ।

W

यस्ता व्यक्तिहरु मनको सफा भएपनि मानिसहरुले यिनीहरुलाई चिन्न ढिलो गर्दछन् । धन सम्पत्ति धेरै हुने भएका कारण उनीहरुलाई मानिसहरुले घमण्डीको संज्ञा दिने गर्दछन् ।

X

यिनीहरुलाई धैर्य गर्न मनपर्दैन त्यसकारण आफ्नो काम निकै हतारमा गर्ने गर्दछन् । यिनीहरु जे कुरा छिटो पाउन चाहन्छन् त्यति नै छिटो त्यो कुराबाट उनीहरुको मन हट्छ ।यिनीहरुले कहिले के गर्छन् भन्ने कुराहरु उनीहरु आफैँलाई थाहा हुँदैन । आफूलाई मन परेको र चाहिएको कुरा जसरी पनि पाएरै छोड्छन् यिनीहरु त्यसकारण जीवनमा निकै सफल पनि हुने गर्दछन् ।

Y

यी व्यक्तिहरु धेरै बोल्दैनन् र एक्लै बस्न मन पराउँछन् । यिनीहरु स्पष्टवक्ता हुन्छन् त्यसकारण कसैसँग केहि बोल्न पनि डराउँदैनन् । यिनीहरु कुनै पनि कुरासँग सम्झौता गर्न सक्दैनन् । सम्झनाशक्ति र कल्पना गर्ने शक्ति उनहिरुको निकै तेज हुन्छ ।

Z

यस्ता व्यक्तिहरुलाई देखावटी मनपर्दैन । यिनीहरु निकै सोझा र गम्भीर प्रकृतिका हुने गर्दछन् । आफ्नो कुरालाई स्पष्टसँग भन्ने यी व्यक्तिहरु कसैलाई पनि धोका दिन सक्दैनन् । देख्दा सोझा लाग्ने यी व्यक्तिहरु मूर्ख भने हुँदैनन् । यिनीहरु जहाँ पनि बस्छन् आफ्नो सरल छवीका लागि प्रख्यात हुने गर्दछन् । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!