टिप्स

मुट्ठीबाट झल्किन्छ तपाईको व्यक्तित्व

मानिससको हिडाई र उसले पार्ने मुट्ठीबाट उसको व्यक्तित्व कस्तो हो भनेर अनुमान गर्न सकिन्छ । मनोवैज्ञानिक विश्लेषकका अनुसार तपाईंको मुट्ठीले पनि व्यक्तित्व र प्रेमका बारेमा जानकारी थाहा पाउन सकिन्छ । उनीहरुका अनुसार तपाईले बनाएको मुट्ठी ए, बी र सीमध्ये कस्तो बन्छ त्यसका आधारमा तपाईको व्यक्तित्वको पहिचान गर्न सकिन्छ ।

१. टाइप ए

बाहिरी व्यक्तित्व

तपाईं संवेदनशील हुनुहुन्छ । तपाईंमा कल्पनाको मात्रा प्रचूर छ । तपाईं अरूलाई सहयोग गर्न मन पराउनुहुन्छ । तपाईं जिज्ञासु हुनुहुन्छ, रमाइलो गर्नुहुन्छ र अधैर्य पनि हुनुहुन्छ ।

भित्री व्यक्तित्व

तपाईं कसैले रक्षा गरिदिओस् भन्ने चाहनुहुन्छ । कहिलेकाहीँ तपाईं असाध्यै असल हुनुहुन्छ र यसैकारण तपाईंलाई अरूले उपयोग गर्छन् । सबैजना इमान्दार हुन् भन्ने तपाईं चाहनुहुन्छ ।

प्रेम व्यक्तित्व

तपाईं आफ्ना भावना लुकाउनुुहुन्छ । आफ्ना अनुभूतिलाई तपाईं राम्ररी अभिव्यक्त गर्न सक्नुहुन्न ।

२. टाइप बी

बाहिरी व्यक्तित्व

तपाईं स्मार्ट, आत्मविश्वासी र आकर्षक हुनुहुन्छ । तपाईं सजिलै र छिट्टै साथी बनाउनुुहुन्छ । तपाईंमा आत्मसम्मान प्रशस्त छ । शक्तिमा बस्न तपाईं मन पराउनुहुन्छ । कठोर मेहनत गर्ने अनि लक्ष्यप्रति समर्पित हुने तपाईंको बानी छ ।

भित्री व्यक्तित्व

बाहिर जस्तो भएपनि भित्रभित्रै चाहिँ तपाईं असुरक्षित महसूस गर्नुहुन्छ । केही गुमाइएला अनि असफल भइएला भन्ने डरले तपाईंलाई सताउँछ ।

प्रेम व्यक्तित्व

तपाईं साह्रै धेरै सोच्नुहुन्छ । कहिलेकाहीँ चाहेर पनि तपाईं कदम चाल्न हिचकिचाउनुहुन्छ । कसैसँगको सम्बन्धमा तपाईं एक्लै बस्नुहुन्छ । पार्टनरलाई अप्ठ्यारो नपरोस् भनेर तपाईं डराउनुहुन्छ ।

३. टाइप सी

बाहिरी व्यक्तित्व

तपाईं अत्यन्त सिर्जनशील र तीखो दिमागयुक्त हुनुहुन्छ । तपाईंको बोली छुच्चो छ र तपाईं कहिलेकाहीँ भावनामा बग्ने र तत्काल निर्णय गर्ने गरिदिनुहुन्छ ।

भित्री व्यक्तित्व

तपाईं चूपचाप पीडा सहनुुहुन्छ किनकि तपाईंलाई कुरा बढाउन मन लाग्दैन ।

प्रेम व्यक्तित्व

तपाईं आराम खोज्नुहुन्छ । काम बिस्तारै गर्ने र जे पर्छ त्यो टार्ने तपाईंको बानी छ । तपाईंको मुटु कमलो छ र तपाईंमाथि घात गर्नेलाई पनि तपाईं माफ गरिदिनुहुन्छ ।

यो पनि पढ्नुहोस्

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् मानिसको स्वभाव र भविश्य

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!