धर्म-सस्कृति

यस्तो छ डोटेली किशोर-किशोरीहरुले खेल्ने भैलो

यस्तो छ डोटेली किशोर-किशोरीहरुले खेल्ने भैलो ! स्त्रीहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन् । किशोर किशोरीहरु औशीका दिनमा उज्यालो बालेर मजुरा, ढोल बाँसुली बजाउदै स्वाँगे नचाउदै एक जनाले भैलो हाल्ने (भट्टयाउने) अनि सबैले साथ दिएर डोटेली भैली देउसी रमाई रमाई खेल्छन् । यस भैलोमा किशोरी र किशोरको लय भने केही फरक हुन्छ । किशोरीहरु सुमधुर स्वरमा भैलि..री भैली भन्छन् भने किशोरहरु अलि ठाडो स्वरमा भैईलो भन्ने गर्दछन् ।

समुहमा मिलेर केटीहरूले गाउने गीती भैलो हो जुन तिहारको बेला गाइन्छ । हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । यो गीत गाउँदा साधारणत: एक जना मुख्य हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको भैलो भन्दै गीतको अन्तसम्म अनुसरण गर्छन । मुख्य ब्यक्तिले गीतको अन्तमा गएको घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू भैलो भन्दै गर्छन । यस्तो छ डोटेली किशोर-किशोरीहरुले खेल्ने भैलो ।

(क) डोटेली किशोरीहरुले खेल्ने भैलोको लय

औसी बार, गाईका त्यार – भैली..रि भैलि
त्यारैका बार, धर्मता वार – भैली..रि भैलि
धर्मकी खोली, पैसाकी झोली – भैली..रि भैलि
तीनपैसी माझ, अरेनतरे – भैली..रि भैलि
पिपल ढले, पिपल पाती – भैली..रि भैलि
रायाकी छाती, रया जमानु – भैली..रि भैलि
नन्नना घरको, चामले मानु – भैली..रि भैलि
ठूलोघर मनानु, रितज नानू – भैली..रि भैलि
यई ठूला घरको, बाखरो खानू – भैली..रि भैलि
छोहो वाखरी, छोटी न मोटी – भैली..रि भैलि
देउ सीय रोटी, देउ सिय वार – भैली..रि भैलि
खेलहो विचार, खेल्ला मल्ला – भैली..रि भैलि
उरेली खेल्ला, काँडैमा विज्यो – भैली..रि भैलि
काँडो सुतल्ला, वारै पो लाग्यो – भैली..रि भैलि
भई भरी बार, भैलाका त्यार – भैली..रि भैलि
यही घरकी रानी, काँगैन पानी – भैली..रि भैलि
न खोला खेत, न वन बेत – भैली..रि भैलि
मागन हामी, आएका नईहुँ – भैली..रि भैलि
वर्ष दिनको ,रित जनाउन – भैली..रि भैलि
सिद्धि सुनाउन, आएका हामी – भैली..रि भैलि
जो देलो पैशा, उहीका वन भैसा – भैली..रि भैलि
जो देलो नाली, जलपुत्र पाली – भैली..रि भैलि
जो देलो केला, उईका काखी चेला- भैली..रि भैलि
जो देलो मानु, उईको सुनको छानु – भैली..रि भैलि
दिन्छौ दिए, हमरोपैचो लिए – भैली..रि भैलि
यही कुन्डा जान्छीन,पोईय सुदाउछीन – भैली..रि भैलि
उई कुण्डा जान्छीन कति दिउ भन्छीन – भैली..रि भैलि
हमरो भाषा, हमरो धर्म – भैली..रि भैलि
संधै गरया, निकै कर्म – भैली..रि भैलि
चली जाओस, चौजुग नाँऊ – भैली..रि भैलि
वढीलेखि ज्ञानी वन्या – भैली..रि भैलि
अईतिरबडी, नाम चलया – भैली..रि भैलि
वरपिपल जसा गजाईब रह्या – भैली..रि भैलि
दुवाकी चाखूरी जसा, पलाईब रह्या – भैली..रि भैलि
केलाकाथूमली जसा, मौलाईब रह्या – भैली..रि भैलि
हजारी फुल जसा, फुली रह्या – भैली..रि भैलि
हमरा माईतका, सुन जमरा – भैली..रि भैलि
पराय माईतका, जौका जमरा – भैली..रि भैलि
हमरा माईत जी जसी रह्या, अजम्मरु भया – भैली..रि भैलि
भैलो भित्र पस्यो ……………………….

(ख) डोटेली किशोरहरुले खेल्ने भैलोको लय

औसी बार, गाईको त्यार – भैईलो
त्यारैका बार, धर्मता वार – भैईलो
धर्मकी खोली, पैसाकी झोली – भैईलोे
तीनपैसी माझ, अरेन तरे – भैईलो
पिपल ढले, पिपल पाती – भैईलो
रायाकी छाती, रया जमानु – भैईलो
नन्ननना घरको, चामले मानु – भैईलो
ठूलोघर मनानु, रितज नानू – भैईलो
यई ठूला घरको ,बाखरो खानूू – भैईलो
छोहो वाखरी, छोटी न मोटी – भैईलो
देउसीय रोटी, देउसिय वार – भैईलो
खेलहो विचार, खेल्ला मल्ला- भैईलो
उरेली खेल्ला, काँडैमा विज्यो – भैईलो
काँडो सुतल्ला, वारै पो लाग्यो – भैईलो
भई भरी बार, भैलाका त्यार – भैईलो
यही घरकी रानी, काँगैन पानी – भैईलो
न खोला खेत, न वन बेत – भैईलो
मागन हामी, आएका नईहुँ – भैईलो
वर्ष दिनको, त्यार मनाउन – भैईलो
रित जनाउन, सिद्धि सुनाउन – भैईलो
आएका हामी – भैईलोे
हे जो देलो पैशा, उनका वन भैसा – भैईलो
जो देलो नाली, जलपुत्र पाली – भैईलो
जो देलो केला, उईका काखी चेला – भैईलो
जो देलो मानु, उईको सुनको छानु – भैईलो
दिन्छौ दिए, हमरोपैचो लिए – भैईलो
यही कुन्डा जान्छीन, पोईय सुदाउछीन – भैईलो
उई कुण्डा जान्छीन, कति दिउ भन्छीन – भैईलो
जो देलो मूठी उईको हात टूटी – भैईलोे
जो देलो पाथी उईकी सुनकी छाती – भैईलो
पुणाईनीका, झाल जसा,मौलाईव रहया – भैईलो
दुवाकी चाखूरी जसा, पलाईब रह्या – भैईलो
केलाकी थूमेली जसा, गजाईव रह्या- भैईलो
हजारी फुल जसा, फुलीब रह्या- भैईलो
भैलो भित्र पस्यो

यो पनि पढ्नुहोस्

यसरी भट्टयाउनुहोस देउसी खेल्दा

तिहारै आयो लौ झिलिमिली

देउसी भैलोको पौराणिक कथा

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!