टिप्स

हिंडाइ थाहा पाउन सकिन्छ तपाईको व्यक्तित्व

मानिससको हिडाईबाट उसको व्यक्तित्व कस्तो हो भनेर अनुमान गर्न सकिन्छ । मनोवैज्ञानिक विश्लेषकका अनुसार तपाईंको हिंडाइले पनि व्यक्तित्वको बारेमा जानकारी थाहा पाउन सकिन्छ । उनीहरुका अनुसार तपाई कसरी हिड्नुहुन्छ त्यसका आधारमा तपाईको व्यक्तित्वको पहिचान गर्न सकिन्छ ।

तपाईको व्यक्तित्व कस्तो होला भन्ने कुरा तपाईको बडी ल्वाङ्ग्वेज हेरेर तपाईलाई अरुले मुल्यांकन गर्न सक्छन् । मानिसलाई चिन्न उसको हत्केलामा कोरिएका हस्तरेखा नै हेर्नुपर्छ भन्ने छैन । हिंडाईबाट पनि कुनै पनि पुरुषको समग्र व्यक्तित्वको बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ ।

१. जो कोही मुट्ठी बाँधेर हिंड्ने गर्छन् भने यस्तो व्यक्ति चतुर वा गम्भिर हुन्छन् । यस्ता व्यक्ति कुनैपनि काम गर्नुभन्दा पहिले गम्भिरताका साथ सोच विचार गर्ने गर्छन् । सोच र गम्भिरताका कारण मानिसहरु यस्तो व्यक्तिमाथि भरोसा गर्छन् ।

२. दुबै हात बाधेर कोही पनि व्यक्ति गम्दारी भएर बस्ने वा हिंड्नेगर्छ भने उसले आफैलाई सबैभन्दा महान तथा ज्ञानी ठान्ने गर्छ । यस्तो व्यक्तिको नजरमा दोस्रो व्यक्ति केही पनि होईन । यस्ता व्यक्ति आफ्नो तारिफ सुन्न मन पराउँछन् । यस्तो व्यक्ति मानिसहरुसँग घुलमिल गर्न चाहँदैनन् ।

३. जो व्यक्ति आफ्नो हातलाई पछाडी पारेर हिड्ने गर्छन् । त्यस्तो व्यक्तिमा अहंकारको भावना अत्याधिक हुनेगर्छ भने त्यस्ता व्यक्ति शंकालु पनि हुन्छन् ।

४. जो व्यक्ति स्वभाविक रुपमा हात हल्लाउँदै हिंड्ने गर्छन् । त्यस्ता व्यक्ति इमानदार तथा भरोसा गर्न लायक हुन्छन् । यस्ता व्यक्तिको मन सफा हुन्छ । दोस्रो व्यक्तिको भावनामा खेल्न चाहँदैनन् । आफ्नो जीन्दगीलाई कसैलाई पनि दख्खल नपुर्याई जिउनुमा नै रमाउँछन् ।

५. जो व्यक्ति खुल्ला हात गरेर हिंड्ने गर्छन्, त्यस्ता व्यक्ति धेरै खर्चिला हुन्छन् । यस्ता व्यक्ति मोजमस्तिमा धेरै पैसा बर्बाद गर्छन् ।

६. जुन व्यक्ति हिंडेको समयमा आफ्नो धुनमा लापरबाही तरिकाले हात हल्लाउने गर्छ । उसलाई सधै के गर्ने भन्ने विषयमा अन्यौलता हुन्छ । आम मान्छेले जस्तो यस्तो व्यक्तिले जीवनको लक्ष्य तयार गर्न पाउँदैन जसले गर्दा यस्तो व्यक्तिले जीवनमा उतार चढाव वा दुःखको सामना गर्नुपर्छ । कुनै पनि तरिकाले अचानक जिम्मेवारी आउँदा यस्तो व्यक्ति आत्तिने गर्छन् ।

यो पनि पढ्नुहोस्

मुट्ठीबाट झल्किन्छ तपाईको व्यक्तित्व

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् मानिसको स्वभाव र भविश्य

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!