ज्योतिषशास्त्र

नामको पहिलो अक्षर A बाट आउने मानिस मानिन्छन् धरै नै प्रभावशाली

नामको पहिलो अक्षर A बाट आउने मानिस मानिन्छन् धरै नै प्रभावशाली ! तपाईले ज्योतिषशास्त्र तथा हस्तरेखा विज्ञानको बारेमा पढेको अथवा सुनेको हुनपर्छ तर के तपाईले कहिल्यै आफ्नो नाममा विचार गर्नु भएको छ ? कयौँ प्रसिद्ध अभिनेता, लेखक तथा संगीतकारले सफलता पाउनको लागि आफ्नो नाम परिवर्तन गरेका छन् । हरेक व्यक्तिमा उसको नामको प्रभाव अवश्य पर्छ किनकि अक्षरको समेत आफ्नो ऊर्जा तथा त्यसबाट जोडिएको गुण हुन्छ ।

तपाईको नाम कुन अक्षरबाट सुरु हुन्छ त्यसबाट तपाईको आफ्नो स्वाभाव र व्यक्तित्वको बारेमा धेरै नै कुरा पत्ता लगाउन सकिन्छ । यस्तै केही अक्षरलाई प्रभावशाली मानिन्छ जस्तै कि A, J, O र S . जुन व्यक्तिको नाम A लेटरबाट सुरु हुन्छ, उनीहरुको स्वभाव र व्यक्तित्व कस्तो हुन्छ त ?

१. अंकज्योतिषमा अक्षर ए लाई नंबर १ सँग जोडेर हेर्ने गरिन्छ । यिनीहरु धेरै नै प्रभावशाली कुराको मालिक हुन्छन् । यिनीहरु अरुको सामु आफ्नो छवि कायम गर्नमा सधैँ सफल हुन्छन् ।

२. A अक्षर सबैभन्दा प्रभावशाली अक्षर मानिन्छ र यदि तपाईको नाम यसै अक्षरबाट सुरु हुन्छ भने यसको मतलब यो हुन्छ कि तपाई निकै नै दृढ, प्रतिज्ञ तथा साहसी किसिमको व्यक्ति हुनुहुन्छ । तपाईमा आत्मविश्वास भरिएको हुन्छ र तपाई आफ्नै शर्तमा जिन्दगी जिउन मन पराउनुहुन्छ ।

३. ए अक्षरबाट नाम आउने व्यक्ति जीवनमा हरेक क्षेत्रमा अघि रहने इच्छा राख्छन् । यस्ता व्यक्तिहरु निकै नै महात्वाकांक्षी हुन्छन् र नेतृत्व गर्न मन पराउँछन् । ए अक्षर कयौँचोटी एग्रेसिव, एडवेन्चरस्को प्रतीक पनि हुन्छ ।

४. धेरै मान्छेलाई तपाई रुखो तथा इखालु लाग्न सक्छ । तपाईलाई थाहा हुन्छ कि तपाईको जीवनमा तपाईलाई के चाहिन्छ । त्यसैले तपाई यसलाई अरुसँग शेयर गर्न मतलब राख्नुहुन्न ।

५. A अक्षरबाट नाम भएकाहरु धेरै नै इन्टेलिजेन्ट, स्मार्ट हुन्छन् र यिनीहरुको सेन्स अफ ह्यूमर पनि राम्रो हुन्छ । यिनीहरु व्यावहारिक सोच भएका व्यक्ति हुन्छन्, त्यसैले तपाईको निर्णय धेरैजसो सही साबित हुन्छ ।

६. A अक्षरबाट नाम भएकाहरु कम रोमान्टिक हुन्छन् । यिनीहरुलाई गहिरो रिलेशनशिप मनपर्छ र यिनीहरु जसलाई माया गर्छन् उसलाई सधैँ खुसी राख्ने प्रयास गर्छन् । यिनीहरु सार्वजनिक ठाउँमा माया देखाउन असहज मान्छन् तर आफ्नो माया स्नेहलाइ घरमा वा एकान्तमा मात्र दर्शाउँछन् ।

७. ए बाट नाम आउनृहरु आफ्नो लागि जे लक्ष्य निर्धारण गर्छन् त्यसलाई हासिल गरिछाड्छन् । यिनीहरु थोरै अधैर्य हुन्छन् । यदि मानिसहरु यिनीहरुको अगाडि उदारता तथा विनम्रतासँग प्रस्तुत भए भनेपनि यिनीहरु त्यति छिट्टै नै प्रतिकृया दिँदैनन् । अरु कसैले यिनीहरु जीवनमा नियन्त्रणमा राखुन् , यो यिनीहरुलाई बिल्कुलै मनपर्दैन । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

नामको पहिलो अक्षरबाट थाहा पाउनुस् मानिसको स्वभाव र भविश्य

कुन महिनामा जन्मेका केटी मान्छेको स्वभाव कस्तो ?

दाँत हेरेर सजिलै थाहा पाउन सकिन्छ मानिसको स्वभाव र भाग्य

खुट्टाको औलाको आकारबाट थाहा पाउनुस् मानिसको स्वभाव

हाँस्ने तरिकावाट नै थाहा हुन्छ तपाईको स्वभाव

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!