हेल्थ टिप्स

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा ! नियमित दिनचर्याले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा दिनचर्याका विषयमा ध्यान दिनु जरूरी हुन्छ । भनिन्छ ‘बिहानीले पूरै दिनको संकेत गर्छ’। दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । तपाईंले विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा फाइदा हुनेछ ।

१. दाँत सफा गर्नुहोस्

विहान उठ्ने वित्तिकै सँधै दाँत माझ्नुस् । यसका लागि तपाई ५० मिलिमिटर पानीमा ५–६ बूंद हाइड्रोजन पराक्साइडको प्रयोग पनि गर्न सक्नुहुन्छ ।

२. जिब्रो सफा गर्नुस्

दांतको साथसाथै जिब्रो पनि सफा गर्नुस् । यसका लागि ‘टंग क्लीनर’ प्रयोग गर्नुस् ।

३. कान मसाज गर्नुस्

कानको आसपासको क्षेत्रमा मसाज गरेपछि तपाईको खुल्छ अनि आनन्द महशुस हुन्छ ।

४. एक चम्चा मह खानुहोस्

मह खोकी जस्ता रोगहरुसंग लड्नका लागि मद्दत गर्छ । सम्झन सक्ने क्षमता पनि बढाउँछ ।

५. तातो पानी र कागती पानी पिउनुस्

तातो पानी र कागती पानीले तपाईको पाचन प्रणाली सुध्रिन्छ भने जम्मा भएको टाक्सिन निकाल्न मद्दत गर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!