स्वास्थ्य

जडिबुटी उखाल्ने समय

जडिबुटी कुन समय र आयु्मा निकाल्दा बढी उपयोगी हुनसक्छ भन्ने जानकारी विना निकालेको जडिबुटीबाट बनेको औषधि त्यति राम्रो हुदैन । प्रकृतिको भिन्दै नियमहरू छन् । आजको लेखमा मैले जडिबुटी उखाल्ने समयको बारेमा प्रकाश पार्दैछु ।

जडिबुटीलाई हामीले ३ कालमा विभाजन गरेका छौं । बाल्यकाल, युवा अवस्था र बृद्ध अवस्था गरी ३ भागमा बाडेका छौं । बाल्यकालमा र बृद्धा अवस्थामा निकालेको जडिबुटी त्यति राम्रो मानिदैन भने युवा अवस्थामा निकालेको जडिबुटी सवैभन्दा राम्रो मानिन्छ । जडिबुटी फूल्नुपुर्व बाल्यकाल, फूल्न थालेपछि युवा अवस्था र फूलेर झर्ने बेलालाई बृद्ध अवस्था भनेको छ ।

जडिबुटी उखाल्ने समय भनेको युवा अवस्थालाई सवैभन्दा उपयुक्त समय तोकेको छ । जडिबुटी युवाकालको ठिक मानेको छ । जडिबुटी उखाल्ने समएलाई पनि ३ भागमा लिएका छौं । विहान, दिउसो र सांझ यी ३ कालमध्ये विहान सवै भन्दा उपयुक्त समय तोकिएको छ । दिउसो घामको ज्वति ज्यादा हुने हुनाले त्यति बेला रस कम हुने र रस सुक्ने हुनाले राम्रो मानिदैन ।

पात

जडिबुटी फल्ने बेलामा पातमा प्रयाप्त रस भरिएको हुन्छ त्यो बेलामा पात निकालेर राखेमा राम्रो फाइदा गर्दछ ।

फूल

फूल राम्रो संग फूलेको बेलामा तोडेर राख्नु उपयुक्त हुन्छ सुकेपछी रस पनि सुकेको हुन्छ यस्मा औषधिको गुणस्तर घड्दछ ।

बीउ

जडिबुटी जब परिपक्व भएपछि फल्छ र फलेर राम्रो संग पाकेपछी मात्र तोड्नुपर्दछ ।

जरा

औषधिको लागि सवै भन्दा उपयुक्त काल शीतकाल भन्दा ग्रीष्मकाल उपयुक्त मानेको छ । यो समयमा रस तल गएको हुन्छ ।

रस

आजकल आधुनिक युगमा जडिबुटी कुट्ने पिस्ने काम फलाममा गरिएको हुन्छ । जडिबुटीको रस निकाल्दा काठको मुसली ले कुटेर मलमलको कपडाले छानेर प्रयोग गर्ने भनेको छ । झोल राख्दा हमेसा सिसाको भाडामा राख्नुपर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

तुलसीको धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

काली मार्सी चामलको महत्व

मखमली फूल र भाई तिहारको सांस्कृतिक महत्व

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!