स्वास्थ्य

भुल्ने बानीलाई यसरी गर्नुहोस् ठिक

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिस सामाजिक प्राणी भएकोले दैनिक थुप्रै कामहरू गर्नुपर्ने हुन सक्छ । भुल्ने बानी हावी भएमा कहिलेकाही ठूलो समस्या आइलाग्न सक्छ । हाम्रो समाजमा यस्ता अनेकौं व्यक्तिहरू भुल्ने बानीका कारण परेसानी भएका थुप्रै घटना देख्न र सुन्न सकिन्छ ।

आज हामीले अल्जाइमर जस्ता खतरनाक बिमारीबाट आफुलाई कसरी बचाउन सकिन्छ र के कस्ता वस्तु खानाले यस्तो समस्या हल हुन सक्छ भन्नेबारे प्रकाश पार्नेछौं । हामीलाई साना-साना कुरा बिर्सनबाट रोक्न हाम्रो भान्सामा उपलब्ध हुने र खोजेको बेला भेटाउन सकिने खानाको बारेमा आज यहाँ जानकारी दिने प्रयत्न गर्दैछौं ।

आज विद्यार्थी हुन या प्रोफेसर हुन या वकिल हुन भुल्ने बानीलाई सुधार्न नसके ठूलो कठिनाइ हुन सक्छ । बच्चा जब स्कुल पढ्न पठाउछौं त्यतिबेला बच्चाको मेमोरी कति छ भन्नेबारे हामीले चासो लिएका हुदैनौ, यसले हामीलाई त फरक नपर्ला तर त्यो बच्चालाई अवश्य पर्न सक्छ । यस्तो समस्या हल गर्न तल केहि भान्सामा प्राप्त गर्ने बस्तुबारे जानकारी दिन लागेका छौ । यस्तो जानकारी अरूलाई पनि सेयर गरेर पुन्य कमाउन हामी आग्रह गर्दछौं ।

भुल्ने बानी हुनेले खानुपर्ने कुराहरु

१. गोलभेडामा लाइकोपीन हुन्छ जसले शरीरको फ्रि रेडिकल्सको रक्षा गर्छ र साथमा दिमागको सेल्सलाई बिग्रनबाट बचाउछ र दिमाग स्वस्थ बनाउछ ।

२. दहीमा क्याल्सियम, प्रोटिन, कार्बोहाइड्रेड, खनिज, लबण र फोस्फोरस पर्याप्त मात्रामा पाइन्छ । दहीको नियमित सेवनले सम्झने शक्ति बढाउछ । यसमा अमिनो एसिड पाइन्छ जसले दिमागी तनावलाई भगाउन मद्दत गर्छ ।

३. जाईफलमा यस्तो तत्व हुन्छ जसले दिमागलाई स्वस्थ राख्न मद्दत गर्दछ । जसले सम्झिने शक्तिलाई बढाउछ ।

४. तुलसी कयौं रोगको औषधीको रुपमा प्रयोग गरिन्छ । दिनहुँ २-४ पत्ताको सेवनले बिर्सने रोगबाट पनि छुट्कारा पाउन सकिन्छ ।

५. अल्जाइमरको लागि दालचिनी एक महत्वपुर्ण औषधी हो । यसको नियमित सेवनले सम्झिने शक्ति बढ्छ र दिमाग स्वस्थ रहन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

स्वास्थ्यको लागि माछा खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि सोयाबीन खानुका फाइदाहरु

मानव स्वास्थ्यको लागि प्याज खानुका फाइदाहरु

स्वास्थ्यको लागि हरियो धनियाका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!