नीति

जीवनमा सुखी रहन यी ४ काम कहिल्यै पनि नछोड्नुस् अधुरो

मानिसको जीवनमा उतारचढाव त भई नै रहन्छ । प्राय: मानिसको इच्छा र आकांक्षा असीमित हुन्छ तर प्राप्ति भने कम नै हुने गर्छ । नीति शास्त्रमा लेखिएको छ यस्ता काम कहिले पनि अधुरो छोड्नु हुँदैन, नत्र जिवनभरी पछुताउनु पर्छ । जीवनमा सुखी रहन यी ४ काम कहिल्यै पनि अधुरो छोड्नु हुदैन ।

१. शत्रुता

जीवनमा कसैसँग पनि शत्रुता कायम राखेर छोड्नु हुँदैन । सकेसम्म शत्रुतालाई मित्रतामा बदल्न कोशिस गर्नुपर्छ वा शत्रुतालाई निमिट्यान्न पार्न नसके शत्रुलाई निमिट्यान्न पार्नु पर्ने नीतिमा उल्लेख छ । शत्रुता कायम रहेमा जीवनमा यसले समयमा समयमा दुःख र झन्झट ल्याइरहने भएका कारण शत्रु सँधै डरको कारण बनिरहन्छ जसले जीवनमा शान्ति र सुख पाउन कठिन हुन्छ ।

२. आगो

यदि कहिँ आगो लागेको छ भने आगो सम्पूर्ण रुपमा निभाउनु बुद्धिमानी हुन्छ । सानो भनेर आगोको अंश पनि छोडियो भने त्यसले भिषण रुप धारण गर्न कत्ति पनि बेर लगाउँदैन । आगोलाई कतिपय सन्दर्भमा आक्रोशसँग पनि तुलना गरिएको छ । तसर्थ आगो र आक्रोशलाई पूर्णरुपमा निवारण गरेर मात्र छोड्नु पर्छ अधकल्चो छोड्नु हुँदैन ।

३. रोग

कुनै पनि ब्यक्तिलाई कुनै रोग विमार लागेमा रोगको पूर्ण निवारण गर्नुपर्छ । कुनै पनि रोगलाई सामान्य भनेर उपचार नगरी अधकल्चो छोड्दा त्यसले अर्को भयकंर रोगलाई निम्त्याउन सक्छ । सामान्य भन्दा सामान्य रोगलाई पनि राम्रोसँग उपचार नगर्दा पुनः त्यही रोगले सताउने वा बारम्बार दुःख दिने हुन्छ । रोगलाई कहिल्यै पनि अधकल्चो पारेर छोड्नु हुँदैन सँधै निवारण गरेर उपचार गर्नु पर्छ नीतिमा उल्लेख छ ।

४. ऋण वा उधारो

कुनै पनि ब्यक्तिले कसैको उधारो वा ऋण लिएको छ भने त्यसलाई पुरै चुक्ता गर्नु उत्तम हुन्छ । ऋण वा उधारो पूर्ण रुपमा नतिर्दासम्म त्यसले अनेक झन्झट दिने हुन्छ । उधारोमा हिसाव गडबड हुने र ऋणमा ब्याजले ढाड सेक्ने खतरा सँधै कायम रहन्छ । यसले आफूलाई मात्र होइन पुस्ता र सन्ततीलाई समेत पोल्न सक्छ । तसर्थ जीवनमा कहिल्यै पनि उधारो वा ऋणलाई अधकल्चो पार्नु हुँदैन यसलाई पूरै क्लियर पार्नु राम्रो हुन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

जीवन वदल्ने चाणक्यका अनमोल विचारहरु

चाणक्य नीति अनुसार सफल मानिस र राम्रो नेता बन्न चाहिने ४ गुणहरु

चाणक्य नीति अनुसार किन जरुरी छ नुहाउनु ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!