सूचना प्रविधि

के हो फोरजी (4G) ?

के हो फोरजी (4G) ? नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ । समाचार सुनिरहेको र सामाजिक सञ्जालमा देखिरहेको 4G को बारेमा आज हामी चर्चा गर्नेछौ ।

फोरजी (4G) भनेको ‘फोर्थ जेनेरेसन वायरलेस’ (Fourth Generation Wireless) अर्थात चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि हो, जुन मोबाइल इन्टरनेट प्रविधिमा स्थापित सवैभन्दा पछिल्लो प्रविधि हो । आमजनताले चौथो पुस्ताको प्रविधि (फोरजी)लाई नेपालको अहिलेसम्मकै आधुनिक र विकसित ताररहित दूरसञ्चार प्रविधि भनेर बुझ्नुपर्छ ।

स्वभाविक रुपमा पछिल्लो प्रबिधि भएको हुनाले फोरजी थ्रीजीभन्दा तीव्र गतिको हुन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) को मापदण्ड अनुसार १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेट सहितको सेवालाई फोरजी भनिन्छ । विभिन्न देशमा टेलिकमहरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन् ।

नेपालमा नेपाल टेलिकमले सञ्चालन गरेको फोरजी इन्टरनेटको न्यूनतम स्पीड ३० मेगाविट्स प्रति सेकेण्ड हुनेछ । भारतीय कम्पनीहरुले ४० मेगाबिट्स प्रतिसेकेन्ड (एमबिपिएस) गतिलाई फोरजीको वर्गमा राखेका छन् । थ्रीजी भने १४ एमवी प्रति सेकेण्डमा चल्छ ।

फोरजी सेवामा मोबाइल वेब एक्सेस, आइपि टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पनि पर्दछन् । फोरजी सेवा सुरु लिनु भनेको मोबाइलमै तीव्र गतिको इन्टरनेट पाउनु हो । जसले गर्दा मोबाइलबाटै बिना बफरिङ टाइम भिडियो र विभिन्न अनलाइन कन्टेन्ट हेर्न सकिन्छ ।

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् । ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेष्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ ।

ग्राहकले नजिकैको टेलिकमको ग्राहक सोव केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् । यस्तो सिम लिँदा ग्राहकले एक रुपैयाँ पनि पैसा तिर्नुपर्दैन । पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

यो पनि पढनुहोस्

मास्टर कार्ड र यसका फाइदाहरु

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराहरु

मोबाइल फोन पानीमा भिजेमा यी उपायहरु अपनाउनुस्

मोबाइल एक्कासी बन्द भएमा मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने ४ कुराहरु

मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु

मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!