जीवनशैली

अरूको प्रगति देखेर ईश्या गर्नुभन्दा आफू लागौ प्रगति गर्नेतर्फ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामी अरूको प्रगति देखेर किन ईश्या गर्छौं र अरू जस्तो बन्न किन चाहन्नौ ? हामीमा समान बिचार किन आउन सकेन यो सोच्नुपर्ने भएको छ । जब-जब हामीले आफ्नो स्वार्थ पुर्ती गर्न थाल्छौं भने यस्ले लामो समए टिक्न सक्दैन । यस्को ठोस् कारण भनेकै कलियुग हो यहाँ धर्म र पाप तुरुन्त देखिन्छ ।

बाहिर यसो ध्यान दिन्छौं र हेर्छौ तर केवल अरूले कमाएको राम्रो लगाएको टलल्क टल्कने गाडी चडेको देख्छौं तर हामीले यो सोचेका हुदैनौ यो सवै कसरी सम्भव भयो होला ? यहाँ जसले मेहनत गर्छ जस्ले दिन रात भनेको हुदैन उस्ले पक्कै केहि गरेको हुनुपर्छ र हामीले पनि उ जस्तै गर्छौं भने पक्कै पनि केहि गर्न सक्छौ र उ जतिकै बन्न सक्छौं भन्ने भावना जाग्नुपर्ने हो तर यहाँ सवै उल्टो परिपाटीको जन्म भएको छ ।

यहाँ विकास गर्ने हो भने के छैन तर भएर पनि हामी पछि परेका छौं यसको ठोस् कारण हो मनोवलको कमि । आज देशमा विकास हुन नसक्नुको प्रमुख कारण भनेकै स्वार्थ हो । हामीमा स्वार्थ हावी छ । हामी केवल अरूलाई बनाउन होइन स्वं बन्नमा रातदिन एक गरिरहेका छौं ।

जुनदिन हामीले सवैभन्दा पहिले अरूको लागि सोच्ने छौं त्यतिबेला हजारौंको साथ हामीले प्राप्त गर्नेछौं । यसले सवैभन्दा ठूलो उपलब्धि हात पार्नेछ । तर वर्तमान अवस्थामा अरूको लागि भन्दा आफ्नाका लागि हामीले सोच्न थालेको घमण्डमा यसले नकरात्मक सन्देश जान थाल्ने देखिन्छ ।

आज नेपालमा सवै यहि नै भएको छ । सम्पत्ति ठूलो कुरा होइन राम्रो काम गरौं पैसा आफै आउन थाल्दछ । जब-जब हामीले आफ्नो लागि नभएर अरूको लागि काम गर्नेछौं त्यतिबेला सबैको साथ अवश्य प्राप्त हुनेछ । आज हामीले चाहेमा परिवर्तन ल्याउन सक्छौं तर हामीलाई परिवर्तन होइन नाम कमाउनु छ अरूलाई नाम देखाउनुछ । आफै बन्नुछ अरूलाई किन बनाउने यदि बनायौं भने भोलीदेखि हामीलाई गन्न छोड्ने छैन भन्ने जस्ता गलत विचार हाम्रो मानस पटलमा अहिले जागेको छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

हरियो साग खाउँ, निरोगी बनौं

स्वास्थ्यको लागि करेला खानुका फाइदाहरु

स्वास्थ्यको लागि मेवा खानुका फाइदाहरु

स्वास्थ्यको लागि करी पत्ता खानुका फाइदाहरु

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!