खानपान

स्वास्थ्य जीवनको लागि कर्कलाको साग खानुका फाइदाहरु

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हरियो अन्य तरकारीमध्ये कर्कलाको साग पनि एक हो । हाम्रो भान्सामा प्राय: कर्कलो बढी पाक्ने गर्छ । यो साग लोकप्रिय नहुनुको प्रमुख कारण यसको फाइदाबारे कतिलाई थाहा नहुनाले हुन सक्छ । यो सागमा भिटामिन ए प्रशस्त पाइने भएकाले आँखालाई राम्रो फाइदा गर्दछ ।

कर्कलो लोकप्रिय नहुनुमा लोकयुक्ति कर्कलो खाँदा शरीर चिलाउछ । दाद र छालाको रोग भए बढाउछ भन्ने गलत सन्देश जानाले यो पछि परेको देखिएको छ । कर्कलोको सागको बारेमा थाहा नभएको शायदै कोहि होलान् तर पनि कर्कलोको साग भने हामीले आफ्नो नियमित भोजनमा त्यसलाई समावेश गर्दैनौँ । नगर्नुको ठोस कारण अघि भनि सकेको छु । कर्कलोको पात खानाले धेरै प्रकारका रोगबाट हामी बच्न सक्छौँ । कर्कलोको सागमा भिटमिन ए, बी, र सी, क्याल्शियम, प्रोटीन, पोटाशियम, आइरन, कार्बोहाइड्रेट र ऐन्टी-अक्सिडेन्ट भरपूर मात्रामा पाइन्छ ।

कर्कलोको पातमा भिटमिन ए आँखाको लागि फाइदाजनक हुन्छ । यसले आँखाको रोशनी बढ्छ र मांसपेशीहरु पनि बलियो हुन्छ । साथै भिटमिन सी ले अनुहारको चाउरीपना कम गर्नमा मद्दत गर्छ । क्याल्शियम हड्डिको निर्माण वा बलियो बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

यदि तपाई कर्कलोको पात सेवन गर्नुहुन्छ भने त्यसले मोटोपन पनि नियन्त्रण गर्नमा मद्दत गर्छ किनकी कर्कलोको पातले भोक लाग्न दिदैँन । साथै यसमा पाइने फाइबरले मेटाबोलिज्मलाई पनि सक्रिय बनाउँछ जसले शरीरको तौल सँधै नियन्त्रणमा रहन्छ । साथै यसमा पाइने फाइबरले मेटाबोलिज्मलाई पनि सक्रिय बनाउँछ जसले शरीरको तौल सँधै नियन्त्रणमा रहन्छ । त्यति मात्र नभई कर्कलोको पातको सेवनले जोर्नीको दुखाईमा पनि राहत प्रदान गर्छ ।

हप्तामा एक पटक कर्कलो खानुस स्वस्थ रहनुस भन्ने हाम्रो राय छ । राम्रो खानाप्रति हाम्रो ध्यान पुग्न नसक्नुको फल हामी रोगी हुन थाल्दछौं । आज मानिस रोगी हुनुमा पौष्टिक खानाको अभाव प्रमुख देखिएको छ । कर्कलो जस्तै हरियो सागसब्जी नियमित सेवन गरौं निरोगी बनौं भन्ने हाम्रो राय छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

हरियो साग खाउँ, निरोगी बनौं

स्वास्थ्यको लागि करेला खानुका फाइदाहरु

स्वास्थ्यको लागि मेवा खानुका फाइदाहरु

स्वास्थ्यको लागि करी पत्ता खानुका फाइदाहरु

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

स्वास्थ्यको लागि सितलचिनी खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!