ज्योतिषशास्त्र

यी ३ राशी हुने बुहारीहरु हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग

यी ३ राशी हुने बुहारीहरु हुन्छन् लक्ष्मी समान, घरलाई स्वर्ग बनाउँछन् । वैवाहिक जीवनमा बाँधिनु भनेको महिला पुरुषको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो । पारिवारिक मेलमिलाप र वैवाहिक जीवन सुखमय भएमा मात्र जीवन सुखद रूपमा अगाडि बढ्न सक्छ । आफ्नो जिवनमा आउने जीवन साथी उत्कृष्ट परोस् भन्ने हरेक पुरुषको चाहाना हुन्छ । त्यस्तै परिवारले पनि बत्तिसै लक्षणयुक्त बुहारीको आस राखेका हुन्छन् । ज्योतिषशास्त्रका अनुसार हरेक व्यक्तिको भविष्य कस्तो रहने भन्ने बारे अडकल लगाउने गर्दछन् । फरक-फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन् ।

यो पनि पढनुहोस्

ज्योतिषशास्त्रका अनुसार यी ३ राशि भएका पुरुषहरुप्रति मरिहत्ते गर्छन् युवतीहरू

ज्योतिषशास्त्रका अनुसार यस्तो योगले बनाउँछ मान्छेलाई धनी

ज्योतिषशास्त्र अनुसार मानिसको शरीरका कुन अंग फरफराए के फल ?

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

ज्योतिषशास्त्र अनुसार पढाईमा सफलता हासिल गर्ने तरिकाहरु

शास्त्र अनुसार रातको समयमा यी ५ कामहरु नगर्नुहोस्

ज्योतिषशास्त्र अनुसार यी ४ राशि भएका मनिसले कहिले पनि अरुलाई धोका दिँदैनन्

ज्योतिषशास्त्रका अनुसार कुन राशीको यौन व्यबहार कस्तो हुन्छ ?

१. वृष राशी

वृष राशि हुने युवतीहरु धेरै नै समझदार हुन्छन् । आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन् । अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन् । सहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन् । निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन् ।

२. कन्या राशि

कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन् । कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन् । जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन् । परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ । आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन् ।

Like & Follow us on Facebook

३. मीन राशि

मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन् । उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन् । परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन् । यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ । बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!