आयुर्वेदहेल्थ टिप्स

औषधिका रुपमा तेजपत्ताका फाइदाहरु

तेजपत्ता एक प्रकारको बासनादार पात हो । बिशेष गरी मानिसहरुले तेजपत्तालाई गरम मसलाका रुपमा प्रयोग गर्दछन् । बिभिन्न परिकारहरुलाई स्वादिलो र मिठो बनाउन यसको प्रयोग गरिन्छ । त्यति मात्र नभएर तेजपत्ताको पातलाई सौन्दर्य निखारका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले त्वचा तथा कपाललाई निकै फाइदा गर्छ । औषधिका रुपमा तेजपत्ताका फाइदाहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

औषधिको रुपमा बर्रोको प्रयोग

पुदिना र यसका फाइदाहरु

सिस्नु खानुका फाइदै फाइदाहरु

पालुंगो र यसका फाइदाहरु

कुरिलो खानुका फाइदाहरु

जाडोमा बदाम खानुका फाइदै फाइदाहरु

कागती पानीका फाइदाहरु के के छन् ?

१. सर्पको विष झार्न

सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई तत्काल निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ । सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’ तथा ‘एन्टी ब्याक्टेरियल’ गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ ।

२. जुम्रा मार्न

टाउकोमा जुम्रा परेर दिक्क हुनेलाई तेजपत्ता वरदान बन्न सक्छ । पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने । यसरी उमालेको मनतातो पानीलाई कपालको जरामा लगाउने । तीन-चार घण्टा राखेपछि पानीले टाउको पखाल्ने गरेमा जुम्राको समस्या हट्छ । साथै कपाल निकै चमकदार समेत बन्छ ।

३. निद्रा राम्रो लगाउन

यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्छ । नाकबाट रगत बग्न रोक्छ स् गर्मी मौसममा कतिलाई नाकबाट रगत निस्किने समस्या हुन्छ ।२/३ वटा तेजपत्तालाई पानीमा राम्रोसँग धेरै बेर उमाल्ने र चिसो बनाएर पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

४. रुघाखोकी ठीक पार्न

रुघाखोकी सहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ । दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने । यसो गर्दा रुघाखोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ ।

५. नाकबाट रगत बग्न रोेक्छ

प्राय मानिसहरुको नाखबाट रगत निस्कने गर्छ यस्तो हुदा तीन चार वटा तेजपत्ताको पात पनिमा धेरै बेरसम्म उमाले र चिसो बनाई पिउनाले नाकबाट रगत निस्कने समस्या बन्द हुुन्छ ।

६. मधुमेहका रोगमा

हरेक दिन तीन पटक तेजपत्ताको धुलो पानीसंग खाने गरेमा यसले मधुमेहका रोगीहरुलाई फाइदा गर्छ ।

Like & Follow us on Facebook

७. टाउको दुखेको ठिक पार्न

टाउको दुखेको बेला तेजपत्ताको पेस्ट बनाएर टाउकोमा लगाउँदा दुखाइ कम हुन्छ ।

८. पेटको रोगमा

अदुवा र तेजपत्ता उमालेको पानीमा मह मिसाएर खाने गरेमा पेटका विभिन्न समस्याबाट मुक्ति पाहिन्छ ।

९. दाँत मजबुत बनाउन

तेजपत्ताको पातलाई घाममा सुकाएर धूलो बानाई त्यसले दाँत सफा गर्नाले दाँत मजबुत हुनुका साथै चम्किलो देखिन्छ ।

१०. अनुहार सुन्दर बनाउन

यदि तपाइँको अनुहारमा काला दागहरु बसेको छ भने त्यसलाई हटाउनको लागि तेजपत्ताको पातलाई पानीमा उमालेर अनुहार धुने गर्नाले अनुहार सफा हुनुका साथै दागहरु हटाउनमा मद्दत गर्छ । तेजपत्ताको पानीले अनुहार तथा त्वचालाई घामबाट बचाउँछ । यसले त्वचाको रँग बिग्रिन दिदैन । सौन्यदर्यतालाई टिकाइ राख्न मद्दत गर्छ ।

११. कपाल सुन्दर बनाउन

तेजपत्ताको पानीले कपाल धुँदा कपाल नरम हुनुका साथै मुलायम र चमकदार पनि देखिन्छ र कपालको आकर्षण पनि निकै बढेर जान्छ ।

१२. पोषक तत्व प्रदान गर्न

तेजपत्ताको पातलाई लेप बनाएर दहीमा मिलाई त्वचामा लगाउनाले त्वचा सफा हुनुका साथै त्वचामा पोषण प्राप्त हुन्छ । एक अध्ययनको अनुसार तेजपत्तामा पाइने पोषक तत्वले स्मरण शक्ति बढाउछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!