चिकित्सा विज्ञान

औषधि सेवन गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हजुरले ब्लड प्रेशरको औषधि मात्र होइन जुनसुकै औषधि सेवन गर्दै हुनुहुन्छ र डाक्टर साहाबको राय अनुसार नै खादै हुनुहुन्छ । पछि सोध्न भुलेको हुनाले औषधि खाइरहेको थिए तर त्यो कम्पनीको नपाएर अरू कम्पनीको खादै छु भन्नु भएमा डाक्टरको उत्तर हुनेछ लेखेको कम्पनीको मात्र खानुपर्ने थियो तर मेरो विचारमा यो गलत हो ।

खाइरहेको औषधि चेन्ज गर्नुपर्ने भएमा डाक्टरको परामर्श विना आफुखुसि चेन्ज गर्नु ठिक होइन तर लेखेको कम्पनिको औषधि नपाएमा सेम फर्मुला र सेम फार्माकोपियाबाट बनेको औषधि सेवन गर्दा खासै फरक पर्दैन । उदाहरणको लागि Alpine-L BP र Mylod-L lP को औषधि सेम भएपनि बनाउने मेथड फरक हुन सक्छ ।

औषधि खरिद गर्दा हमेसा कुन फार्माकोपियाबाट बनेको छ भन्ने जानकारी हुन सकेमा खासै फरक नपर्ने देखिन्छ । औषधि कम्पनीले कस्तो तरिकाले बनाएको छ भन्ने कुरामा जबसम्म अदल बदल नगरी खान नदिदासम्म यो कुरा कसैलाई थाहा नहुन सक्छ ।

अर्को रोचक जानकारी कम्पनीले आफ्नो सामान बिक्रि गर्नका लागि अर्को कम्पनीको खानुहुदैन भन्दै आफ्नो मात्र बिक्री गर्ने गरेको पाइएको छ । यस्ता कुरामा ध्यान दिन सकेमा आवश्यक औषधि खरिद गरेर खान त्यति गार्हो नहुने देखिन्छ । विगत लामो अनुभवबाट हामीले यो तथ्य फेला पारेका थियौँ ।

एउटै कम्पनीको औषधि लामो समय खाएर राम्रो फाइदा नभएको अवस्थामा त्यही औषधि अर्को कम्पनीको दिनासाथ फाइदा भएको फिड व्याकबाट हामीले पाएका थियौँ । आज औषधिमा पनि सेवा भन्दा व्यापारीकरण भएको देखिन थालेको छ ।

डाक्टरले एउटा नै मात्र कम्पनीको औषधि नै खान भनिदिदा विरामीले त्यो औषधि नपाई खोज्नुपर्ने बाध्यता भएको जनगुनासाहरू धेरै सुन्नमा आएको छ । यस्ता क्रियाकलाप डाक्टरबाट हुनु राम्रो पक्कै होइन बरू सेम फार्माकोपियाको किनेर खानुस भनिदिए राम्रो हुने हाम्रो ठहर छ ।

यो पनि पढनुहोस्

रक्तचाप (Blood Pressure) भनेको के हो ?

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

रक्तचापवाट कसरी बच्ने ?

रक्तचाप र यसका श्रेणीहरु

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!