खानपानस्वास्थ्य

स्वास्थ्यको लागि बेथेको साग खानुका फाइदाहरु 

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

नेपाली भू-भागको खेतबारीमा त्यसै उत्पादन हुने बेथेको साग खानाले अनेकौं रोग भगाउनुको साथै स्वास्थ्य लाभ हुने कुरा सुनाउन पाउँदा आफुलाई गर्व महसुस भएको छ । यो साग प्रकृतिको देन हो । यो लगाएर होइन आफै उम्रने भएकाले यसलाई हामीले जडिबुटी अन्तर्गत राखेका छौं ।

बेथे दुई किसिमका हुन्छन्, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ दुवै औषधि गुण भएका छन् । पेट र कब्जियतका लागि चौलाईको तरकारी एकदमै उत्तम मानिन्छ । बेथेको तरकारी नियमित सेवन गरेमा वाथ ( युरिक एसिड), रक्त र छाला सम्बन्धी खराबी नष्ट गर्दछ । यसको डाठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रामा पाइन्छ । पेट र कब्जियतका लागि बेथेको साग एकदमै उत्तम मानिन्छ ।

बेथेमा कार्बाेहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रशस्त मात्रामा पाइन्छ । औषधिका रुपमा बेथेको पात प्रयोग गरिन्छ । यसको डाठ र पातमा प्रोटीन, खनिज, भिटामिन ए, सी प्रचुर मात्रामा हुन्छ । बेथेको साग खाउँ रोग भगाउँ ।

यस्ता छन् बेथेको सागबाट हुने १२ प्रकारका फाइदाहरु 

१. कुनै प्रकारको पनि छाला रोग यसको पात पिसेर २१ दिनसम्म लेप लगाउँदा ठिक हुन्छ ।

२. शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन् भने रातो पात भएको बेथेको जरालाई पानीमा पिसेर पिएमा रगत बग्न रोकिन्छ । एकपटक पिउँदा रोकिएन भने १२ घण्टापछि दोस्रोपटक पिउनुपर्छ ।

३. पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ ।

४. गर्भवतीको योनीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ ।

५. बेथेको साग नियमित खानाले तौल घटाउन मद्दत गर्छ । प्रोटीन रक्तमा इन्सुलिनको स्तर कम गरेर हार्मोन बढाएर भोकलाई दबाउँछ जसकारण भोकको महसुस कम हुन्छ । लगभग १५ प्रतिशत बेथेमा प्रोटीन हुन्छ जो तौल घटाउन मद्दत गर्छ ।

६. एक अध्ययनका अनुसार बेथेको सागमा ऐमरेन्थमा रहेको फाइबर र फिटोन्यूट्रीएन्ट्स नामक तत्वले रक्तचापलाई कम गर्नमा मद्दत गर्छ । जसकारण यो कोलेस्ट्रल, सुजन र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ र मुटु स्वस्थ राख्छ ।

७. फोडा (पिलो) र डण्डिफोर (दाग): फोडा र डण्डिफोरमा बेथेका पातहरुको पुल्टिस बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । सुजन भएमा त्यो ठाउँमा यसको लेप लगाउँदा सुजन टाढा हुन्छ ।

८. बेथेमा रहेको फाइबरका कारण यसले आन्द्रामा चिप्कएको मल (दिशा) लाई निकालेर बाहिर धकेल्नमा मद्दत गर्छ जसले पेट सफा हुन्छ र पचाउने शक्ति मिल्छ । यसैकारण यसलाई पारम्परिक रुपमा रोगसँग लडिरहेका विरामीलाई दिइन्छ ।

९. पिसाब पोल्ने समस्या रोक्नका लागि बेथेको रसको केही दिनसम्म सेवन गर्दा मुत्रवृद्धि हुन्छ र जलन ठिक हुन्छ ।

१०. औषधिका रुपमा बेथेको जरा, पात र विउ सबै प्रयोग गरिन्छ । यसका पाताहरु र विउमा प्रोटीन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी हटाउनका लागि यसको सेवन सब्जी वा सुप (झोल) का रुपमा गर्नुपर्छ ।

११. रक्त बवासीर वा मूत्र (पिसाब) मा रगत आउने समस्या, बेथेको पात पिसेर मिश्री मिलाएर सर्बत बनाएर ३ दिनसम्म लगातार पिएमा ठिक हुन्छ ।

१२. कपाल फुल्न र सेतो हुन बाट रोक्दछ । यदि तपाईको कपाल समय नपुगेरै युवा अवस्थामै फुल्ने समस्या छ भने बेथे सागले समाधान गर्नसक्छ । यो कपाल असमयमा सेतो हुनबाट रोक्न एकदमै प्रभावी उपाय हो । बेथेलाई आफ्नो आहार (खाना) मा समावेश गरे तपाई यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

नोट : बेथेको सागको प्रयोग गर्नाले क्यान्सरलाई समेत रोक्ने भनेको छ । अर्को भागमा अन्य थप जानकारी पस्कनेछौं ।  बेथेको साग नियमित खोजी-खोजी खाने गरौं भन्ने हाम्रो परामर्श छ ।

यो पनि पढनुहोस्

चम्सुरको साग खानुका फाइदाहरु

पुदिना खानुका फाइदाहरु र प्रयोगहरु

स्वास्थ्यको लागि फापर खानुका फाइदाहरू

स्वास्थ्यको लागि पिप्पली खानुका फाइदाहरु

स्वास्थ्यको लागि सुन्तला खानुका फाइदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!