खानपान

ब्लड प्रेसरका रोगीले के खाने र के नखाने ? जानी राखौ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

ब्लड प्रेसर मुटु रोगसंग सम्वन्धित हुने हुनाले हाम्रो खाना कस्तो हुन आवश्यक छ भन्ने कुरा हरेकले जान्न आवश्यक छ । खानपानमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।

आजकाल जिब्रोलाई बढी मिठो पिरो अमिलो बढी चाहिने हुनाले मानिस हृदय रोगको चपेटामा आयको देखिन्छ । मुटुका रोगीले खानपिनमा बढी सतर्कता बढी अपनाउन आवश्यक देखिन थालेको छ ।

मुटुका रोगीले के खानाले फाइदा हुन्छ जानौ

१. गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुपर्दछ ।

२. सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।

३. पानी खूब पिउनुस् । दिनभरमा करीब ९,१० गिलास जति पानी पिउनु पर्दछ ।

४. कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो सागसब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।

ब्लड प्रेसरका रोगीले खान नहुने खानाहरु

१. हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।

२. सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।

३. खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।

४. पैक्ड वा फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ ।

५. बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।

नोट : बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् ।

यो पनि पढनुहोस्

रक्तचाप (Blood Pressure) भनेको के हो ?

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

रक्तचापवाट कसरी बच्ने ?

रक्तचाप र यसका श्रेणीहरु

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!