आयुर्वेदघरेलु उपचार

आयुर्वेदिक जडिबुटीबाट यसरी तयार गर्नुहोस् जुकाको औषधि

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

पेटमा जुका पर्नु भनेको हाम्रो आन्द्रामा जुकाको संक्रमण हुनु हो । अंग्रेजीमा राउण्ड वर्म (Round Worm) भनिने यस जुकाको वैज्ञानिक नाम (Ascaris Lumbricoides) हो । यिनीहरु हाम्रो आन्द्रामा ६ देखि २४ महिनासम्म रहिरहन सक्छन् ।

यिनका फुलहरु दिसासँगै बाहिर आउँछन् । यदि न्यानो, छायाँदार र आर्द्र वातावरण मिल्यो भने यी फुलहरु दश वर्षसम्म पनि बाँचिरहन सक्छन् । यिनै फुलहरुद्वारा दूषित भएको पानी तथा खानेकुरा खानाले हामीमा जुकाको संक्रमण हुने हो ।

यस्ता जुकाका औषधिहरू Mebendazole, Albendazole बजारमा छन् पटक-पटक खान दिदा पनि यस्ता जुका मार्न सकेको छैन । यो सबै उमेरका मानिसमा देखिने भएपनि बच्चाहरुमा यसको प्रकोप बढी हुन्छ ।

जुकाका फुलहरु नपखालिएका फलफूल तथा सागसब्जी, तरकारीहरुमा बढी पाइन्छ । यदि यी खानेकुराहरु राम्ररी नपखालीकन खाइयो भने जुकाको संक्रमण हुने सम्भावना रहन्छ । सरसफाईमा ध्यान नदिने, जस्तो पनि खाइदिने, कमजोर आर्थिक अवस्थाका मानिसहरुमा जुका पर्ने सम्भावना अत्यधिक हुन्छ ।

एलोपैथिक उपचार गराउन जाँदा बिभिन्न परिक्षण गरेर मात्र औषधि खुवाउने चलन छ । तर आज कुनैपनि परिक्षण नगरी जुका मार्ने जडिबुटीबारे जानकारी पस्कन लागेको छु । सवैभन्दा पहिले जुकाका लक्षणबारे जान्न आवश्यक छ । पेटमा जुका पर्दा पेट दुख्ने, भोक नलाग्ने, वाक वाक लाग्ने, तौल घट्ने, गुदद्वार चिलाउने जस्ता लक्षण देखिएमा जुका परेको सहज अनुमान लगाउन सकिन्छ ।

परिक्षण : दिसाको जाँच सूक्ष्मदर्शक यन्त्रद्वारा गर्दा दिसामा जुकाका फुलहरु देख्न सकिन्छ । कहिलेकाहीं हुर्किसकेका जुकाहरु दिसाबाट अथवा वान्ताबाट पनि बाहिर आएको देख्न सकिन्छ ।

यस्तो छ जडिबुटीबाट उपचार

१. जडिबुटी बायबिडंगलाई मसिनो गरि पिसेर छानेर बिर्को भएको सिसिमा राखेर बिर्को लगाउने खुला नराख्ने ।

मात्रा : ठूलालाई १,२ चमच औषधि र सानालाई १/४ भाग औषधि दिनमा ३ पटक केहि दिन खान दिने ।

मरि सकेका जुका फाल्नको लागी साझ पेट सफा गराउने खालको औषधि सुत्ने बेला खान दिने । जुका, चुर्णा झरी सकेपछि पनि केही दिन विहान बेलुका यो औषधि खान दिनाले बाचेका सवै जुका, चुर्ना मार्ने काम गर्नेछ ।

नोट : यो औषधि लामो समय खानुहुदैन यदि खानुपर्ने भएमा १०, १५ दिन रोकेर पुन: खान सकिनेछ । हुनत बायबिडंगको प्रयोग थुप्रै रोगमा गर्न सकिन्छ । औषधि हमेसा वैद, कविराज या आयुर्वेदिक डाक्टरको परामर्शमा लिनु राम्रो हो ।

राउण्ड वर्म

Like & Follow us on Facebook

यो पनि पढनुहोस्

हैजाको उपचारमा ल्वाङको प्रयोग

दमको रोगको हर्बल पद्धतिवाट उपचार विधि

मानिसको सवैभन्दा ठूलो शत्रु कब्जियतको घरेलु उपचार

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!